ब्रेकिङ समाचारमा अग्रणी कामना प्रकाशन



देशको पहिलो निजी प्रकाश गृह कामना प्रकाशन समूह हाल कामना न्युज पब्लिकेसनले ३९ वर्ष पूरा गरी ४० वर्ष प्रवेश गरेकोमा सर्वप्रथम म देशभरका निजी विद्यालयको छाता संगठन प्याब्सनको तर्फबाट शुभकामना दिन चाहन्छु । नेपालमा पत्रकारिताको क्षेत्रमा कामना प्रकाशन समुहको योगदान महत्वपूर्ण छ ।

शुरूको आजको समाचारपत्र हालको नेपाल समाचारपत्र नेपालको विश्वसनीय पत्रिकाको रूपमा चित्रित भएको छ । दरबार हत्याकाण्डको समाचार ब्रेक गरेपछि नेपाल समाचारपत्रको उचाइ थामिनसक्नु थियो । पूर्व प्रधनमन्त्री मनमहोन अधिकारीको निधन होस् वा इराकमा १२ नेपालीको हत्याको समाचार लेखेर पत्रकारिता क्षेत्रमा मुख्य योगदान दिएको छ ।

हाम्रै क्षेत्रको कुरा गर्दा निजी विद्यालयले खेलेको भूमिकाको विषयमा नेपाल समाचारपत्रले धेरै समाचार प्रकाशित गरेको छ । सत्यता र विश्वसनीयतालाई आधार मानेर समाचार प्रकाशन गरिरहेको नेपाल समाचारपत्रले शिक्षा क्षेत्रको समाचारलाई पहिलो प्राथमिकता दिएर प्रकाशन गरेको छ । प्याब्सनको सहयात्रीको रूपमा नेपाल समाचारपत्रलाई सम्झन सकिन्छ ।

नेपाल समाचारपत्रमात्रै होइन खोजी समाचारमा साधना, पहिलो सिने पत्रिकाको रूपमा रहेको कामनाले देशमा सिने र खोजी पत्रकारिताको सुरुआत गरेको छ । समग्रमा भन्नुपर्दा नेपालको पत्रकारिताको क्षेत्रम स्वर्गीय पुष्करलाल श्रेष्ठले जन्माउनुभएको कामना प्रकाशन समूहले खेलेको भूमिका महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्