कान्तिपुर डेन्टल कलेजद्वारा सय शय्याको जनरल अस्पताल सञ्चालनमा



काठमाडौँ। 

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले प्राज्ञिक सेवातर्फ काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा बि.डि.एस तथा एम डि एस कार्यक्रमहरुको साथै १ सय शय्याको जनरल अस्पताल सञ्चालन गरिरहेको जनाएको छ ।

अस्वस्थ खानपान तथा जीवनशैली, शारीरिक व्यायामको कमी आदिले गर्दा नेपालमा दिनानुदिन मधुमेहका बिरामीहरुको संंख्या बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । यही सन्दर्भमा काठमान्डौको बसुन्धारास्थित केडिसी अस्पतालले विश्व मधुमेह दिवस २०२३ को अवसरमा मधुमेह महिना मनाइरहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अस्पतालले एक महिना सम्म मधुमेहको लागि नि:शुल्क रगत परीक्षण र मधुमेहका बिरामीहरुलाई नि: शुल्क आँखाको परीक्षण भइरहेको जनाएको छ ।

केडिसी अस्पतालले बिएम फाउन्डेशन तथा ताईवान प्रिभेन्टब्लाइन्डनेस फाउन्डेशनको सहकार्यमा स्याङ्जाको चापाकोटमा आँखा उपचार केन्द्र सञ्चालन गरी सेवा प्रदान गरिरहेको तथा देशका विभिन्न ठाउँहरूमा नि: शुल्क आँखा शिविर सञ्चालन गरिरहेको समेत जानकारी गरायो ।
शिविर मार्फत हालसम्म १० हजार भन्दा बढी नेपालीहरुले स्वास्थ्यलाभ लिइएका छन्।

अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्याङ्क अनुसार संसारका प्रत्येक देशमा निसमा एकजनालाई मधुमेह हुनेगरेकोछ । विश्वस्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा ३% मृत्युको मुख्य कारण मधुमेह हुनेगरेकोछ । अस्वस्थ खानपान तथा जीवन शैली, शारीरिक व्यायामको कमी आदिले गर्दा नेपालमा दिनानुदिन मधुमेहका बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ ।

के डि सि अस्पतालको यस महिनाब्यापी कार्यक्रमको जनमानसबाट लाभ उठाउनको लागि सञ्चार माध्यमले समाचार सम्प्रेषणगरि सहयोग पु¥याउनेछ भन्ने बिश्वासे लिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्