मधुमेह  दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले गर्‍यो वाक एन्ड टक र्‍याली 



काठमाडौँ। 

मधुमेह दिवस २०२३ को अवसरमा मधुमेहले आँखामा पार्ने असर सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले
सोमबार वाक एन्ड टक र्‍याली गरेको छ।

प्रतिष्ठानको परिसरबाट  सुरु भएको वाक एन्ड टक र्‍याली पाशुपत क्षेत्र हुँदै गुजेश्वरी मन्दिर, गौरीघाटसम्म पुगेर  पुनः प्रतिष्ठानको प्राङ्गनमा आई मधुमेह र यसले पार्ने असर विषयक कक्षासहित छलफल तथा परामर्श गर्दै समापन गरिएको थियो ।

र्‍यालीमा मधुमेह भएका बिरामी, मधुमेह तथा आँखाका डाक्टर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि,प्रतिष्ठानका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्