दुई प्रादेशिक अस्पतालसहित १३ अस्पतालमा अध्यक्ष मनोनीत, लुम्बिनी प्रादेशिक अस्पतालमा वझा 



बुटवल।

लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालसहित १३ वटा अस्पतालका विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर वलीले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवलका जीवन प्रसाद वझालाई र  दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाहलाई मनोनीत गरिएको छ ।

 त्यस्तै गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनीत गरिएको छ । त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन ,प्युठान अस्पतालमा सुवास केसी, र रोल्पा अस्पतालमा शेरबहादुर थापालाई मनोनीत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्