उपचाररत भूकम्पका घाइते भेट्न टिचिङ हस्पिटल पुगे स्वास्थ्य मन्त्री बस्नेत 



काठमाडौँ। 

जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भेटेका छन् ।

सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको सबै अस्पतालमा उपचार नि:शुल्क गर्ने निर्णय गरिसकेकाले सबैको  नि:शुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए । भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा. काफ्लेले जानकारी दिए । उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको डा. काफ्लेले बताए । मन्त्री बस्नेतले आइसियुमा उपचाररत घाइते र उनका आफन्तसँग पनि भेटेर उपचार अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्