कानुनमा यौन व्यवसायलाई प्रतिबन्ध छैन : सविन श्रेष्ठ

'नेपालमा ५० हजार भन्दा बढी यौनकर्मी छन्'



काठमाडौँ। 

ललितपुरमा २०७१ सालमा स्थापित जिवनज्योति महिला संघमा ११ हजार यौनकर्मी महिलाहरु दर्ता भैसकेका छन् । यो यौनकर्मी महिलाहरु मिलेर खोलेको संस्था हो । नेपालमा ५० हजार भन्दा बढी यौनकर्मी महिला तथा पुरुषहरु आबद्ध संस्था भएको संस्थाकी अध्यक्ष भावना राईले बताइन् ।

गोदावरीमा नेपाल परिवार नियोजन संघको आयोजनामा मंगलवार स्वास्थ्यकर्मी, पत्रकार, तेस्रो लिंगी, समुदायका यौनिक तथा अल्प संख्यक समुदायका व्यक्ति, समलिंगि लगायतका व्यक्तिहरुबीच भएको एक अन्तरक्रिया कार्यक्रममा राईले उक्त भनाई राखेकी हुन्  ।

 उनले भनिन् ‘यौनकर्मीहरुको रहर नभएर जिविकोपार्जनका लागि बाध्य भएर यौन पेसा गर्न बाध्य भएका छन् । यस्ता समुदायका व्यक्तिको मजबुरीलाई राज्यबाट सेवा सुविधा छैन, उल्टै प्रहरी प्रशासन लगाएर दुर्व्यवहार गरिन्छ । महिला एक्लैले यौन व्यवसाय हुने हैन व्यवसायमा महिला पुरुष दुवै सामेल हुन्छन् तर, राज्यले हेर्ने दृष्टिकोण महिला प्रतिमात्र नकारात्मक किन ?’

राईले राज्यको सुरक्षा निकायले यौनकर्मी महिलाहरुलाई अपराधिको ब्यवहार गर्छन् र मानव अधिकारको समेत हनन गर्छन् । मानव भएर जन्मिएपछि सहज र सम्मान जनक पेसा गर्न नपाएकै कारण जीवन जीउनका लागि यौनकर्म गर्न बाध्य भएको बताइन्  । उनले भनिन्- यौनकर्मीहरु सामाजिक, स्वास्थ्य सेवाबाट वञ्चित भएको र स्वास्थ्य सेवा परिवार नियोजन संघले दिएको छ । सरकारले यौनकर्मी महिलाहरुको नैसर्गिक अधिकारका बिषमा ध्यान दिएको छैन र व्यवस्थितत गर्न चाहेको छैन ।  परिवार नियोजन सघले सहयोगीको भूमिका खेलेकै कारण ५० बक्स कन्डम, पिल्स निःशुल्क उपलब्ध गराउनुका साथै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । हाम्रो स्वस्थ भएर बाच्न पाउने नैसर्गिक अधिकारको राज्यबाट रक्षा होस। ‘

 

सोही अवसरमा नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा. नरेश प्रताप केसीले संघले हरेक मानिसको स्वस्थ भएर बाच्न पाउने संवैधानिक व्यवस्थाले दिएको अधिकारको रक्षाका लागि नेपाल परिवार नियोजन संघ कटिबद्ध भएको बताए ।

कार्यक्रम संयोजक तथा नेपाल परिवार नियोजन संघका डा. वीणा श्रेष्ठले ’एलजीबीटी कमिटीलाई हर्मोनल परामर्श र उपचार गरिहेका छौ भनिन्  । नेपालमा विभिन्न समयमा सरकार तथा विभिन्न संघसंस्थाले गरेको अनुसन्धानले ५०% असुरक्षित गर्भपतन हुने उल्लेख गरेको छ । तर नेपालको भौगोलिक, सामाजिक, धार्मिक परिस्थितिलाई नियाल्दा  असुरक्षित गर्भपतन गराउनेको संख्या त्यो भन्दा बढी भएको बताइन् । जनचेतना जगाउन सके न्यूनीकरण गर्न सकिन्छ भनिन् ।
समाचारको कडा हेडलाईन डरलाग्दो हुन्छ । सबै सुसुचित भए गुणस्तरीय सेवा समाजमा पुग्छ । अहिले विवाह दुई लिंगीबीच मात्र नभई समान लिंगीसँग पनि हुन्छ डा.श्रेष्ठले भनिन्  ।

 

 सोही कार्यक्रममा ब्लूडाईमन सोसाईटीका उपाध्यक्ष भूमिका श्रेष्ठले २३ बर्ष अघिको समाजको दृष्टिकोण, राज्यको कानुन लगायतका धेरै विषयमा सुधार आउँदै गरेको र सुधारका लागि सञ्चार माध्यमले जनचेतना मुलक सन्देश फैलाएर महत्वपूर्ण भूमिका खेलेको बताइन्  । उनले अझै पनि राज्य र समाजको तेस्रो लिंगीप्रति सम्बोधन गर्ने तथा स्वास्थ्य सेवा र अन्य सेवा तथा मानव अधिकारका विषयमा सुधार हुनुपर्ने कुरा औँल्याइन् ।

सोही अवसरमा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले यौनिकताका आधारमा कसैलाई पनि स्वास्थ्य सेवामा विभेद गर्न पाइन्न । यौन तथा प्रजनन स्वास्थ्य अधिकार, गर्भधारण गर्ने व्यक्ति शब्दावली आवश्यक हुन्छ । तेस्रो लिंगी महिला, पुरुष दुबैलाई महिनावारी हुन्छ र उनीहरुलाई प्याडको आवश्यक पर्छ तर हाम्रो समाजमा महिला तथा युवतीलाई प्याड वितरण गर्ने भन्ने सुनिन्छ । यसरी व्यवहार गर्नु गैह्र कानुनी हो श्रेष्ठ भन्छिन् ।

देशको कानुनमा यौनकर्म तथा व्यवसाय कानुन विपरीत भन्ने कानुनमा उल्लेख नभए पनि राज्य र समाजले नै यौनकर्मलाई अपराध सो सरहको व्यवहार गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य आत्म निर्णयको अधिकार हो । पटक पटक सर्वोच्च अदालतमा लक्ष्मी लगायतका व्यक्तिले प्रजनन अधिकारका लागि मुद्दा  हालेपछि प्रजनन स्वास्थ्यमा आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क सेवा दिनु भन्ने सर्वोच्चको निर्णयपछि गर्भपतन सेवा सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्ने व्यवस्था भएको श्रेष्ठ बताउँछिन्  ।

उनले काठमाडौँको एक विद्यालयमा अध्यापन गराउने शिक्षिकालाई चिकित्सकले बेड रेष्ट गर्नुपर्ने सल्लाह दिँदा दिँदै प्रधानाध्यापकले बिदा नदिएका कारण शिक्षीकाले नियमित विद्यालयमा काम गर्न बाध्य भइन् । बेड रेष्ट नगरेकै कारण शिक्षीकाको गर्भको बच्चा पेटमै मृत्यु भएपछि उनले मुद्दा  हालिन र मुद्दा  जितेर प्रधानाध्यापकलाई कारबाही सहित क्षतिपूतिको फैसला गरियो । अहिले गर्भवती महिलाले सुत्केरी हुनुअघि र सुत्केरी भएपछि गरी जम्मा ९८ दिन तलबी बिदा पाउने र थप बिदा आवश्यक परे ६ महिना सम्म लिन पाउने व्यवस्था रहेको जानकारी गराइन्  ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका विपद् व्यवस्थापन विभाग केन्द्रका नगेन्द्र अर्यालले यौन तथा प्रजनन स्वास्थ्य संरक्षण तथा लैंगिकतामा आधारित हिंसाका विषयमा जनचेतना नभएसम्म विषयले प्राथमिकता नपाउने बताए ।

पत्रकार पदमराज जोशीले पत्रकारले नेगेटिभ समाचार मात्र लेख्छन् भन्ने विषयमा प्रस्ट्याउँदै पत्रकारको काम नकारात्मक विषयलाई सुधार गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने दायित्व हो ।  पत्रकारको काम सरकारलाई खबरदारी गरी सकारात्मक तर्फ केन्द्रित गराउनु भएकाले कमजोरी औँल्याउने काममा पत्रकार लाग्नुपर्छ भने ।

प्रतिक्रिया दिनुहोस्