रजतजयन्तीको अवसरमा निःशुल्क स्वास्थ्य शिविर



काठमाडौँ । 

कलंकी मन्दिर संरक्षण तथा सुधार संस्थाको रजतजयन्तीको अवसर पारेर शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्‍यो।


सहीद मेमोरियल अस्पताल कलंकीको सहयोगमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त शिविरको उद्घाटन गर्दै सहीद मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. दीपक श्रेष्ठले जनताको स्वास्थ्यको बारेमा ध्यान दिदैं  अस्पतालले विभिन्न संघ संस्थासंग मिलेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उक्त शिविरमा हाड तथा नशा रोग, नाक,कान,घाँटी, प्रसुती रोग, दन्त रोग र आँखा रोगको परीक्षण गरिएको थियो । विषय विज्ञ चिकित्सकहरुले बिरामीको विभिन्न रोगको परीक्षण गरेको कार्यक्रम संयोजक सुन्दर थापाले जानकारी दिए ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्