घाईतेको उपचारका लागि काठमाडौंबाट स्वास्थ्य विशेषज्ञ टोली जाजरकोट, नेपालगंज र सुर्खेत पुग्यो



काठमाडौं । 

गयराती जाजरकोट, बारेकोट गापा १, रामीडाँडामा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भुकम्पमापरी घाईते भएकाहरुको उपचारका लागि काठमाडौबाट ४१ जनाको स्वास्थ्य विशेषज्ञ टोली औषधि,उपकरण सहित जाजरको, नेपालगंज र सुर्खेतका पुगेका छन् ।

स्वास्य विशेषज्ञ टोलीमा चिकित्सकहरुमा नेपाली सेनाबाट १६ जना, वीर अस्पतालबाट ६ जना, शसस्त्र प्रहरीबलबाट ८ जना, नेपाल प्रहरीबाट ११ जना जाजरकोट, नेपालगंज र चौरधरी गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । डा. बुढाथोकीका अनुसार थप स्वास्थ्यकर्मी टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएकोछ । घाईतेको घटना स्थल प्राथमिक उपचार सहित शल्यक्रियाका लागि भेरी अस्पताल नेपालगंज र सुर्खेतमा गरिने पनि उहाँले जानकारी गराए । उनले भने, सुर्खेत प्रादेशीक अस्पताललाई तयारी अवस्थामा राखेका छौं ।

स्वास्थ्यकर्मीको टीमा हाडजोर्नी विशेषज्ञ सहित एनेस्थेसिया, कार्डियोलोजिष्ट लगायतका विशेषज्ञ सम्मिलित टोली घटनास्थलमा खटिएका छन् । जिल्ला अस्पतालमा पनि शल्यक्रिया गरिदैछ । स्रोत साधन, हेलिकोप्टरबाट पठाएका छौ । थप सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याईसकेका छौ । भुकम्पका कारण बाटोमा भएका अवरोधहरु नेपाली सेनाको टोलीले खुलाउँदै गरेकाले घाईतेहरुलाई स्थलमार्गबाट पनि अस्पताल पुर्याइनेछ ।

घटना स्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभासदहरु लगायत स्वास्थ्यकर्मीको टोली पुगी सकेको छ । सुर्खेतबाट थप स्वास्थ्यकर्मी टोली लिएर काठमाडौबाट गएको हेलिकोप्टर चौरधारीमा अवतरण भैसकेको डा. बुढाथोकीले जानकारी दिए ।

जाजरकोट भूकम्पका घाइतेलाई काठमाडौ ल्याइनु परे टिचिङ, वीर र ट्रमालाई अलर्ट रहन स्वास्थ्य मन्त्रलयको आग्रह गरेको छ। जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ गरी १४० जना घाइते भएका छन्। जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्