छतिवन रुख मानव स्वास्थ्यका लागि हानिकारक नभएको पुष्टि

औषधीका लागि गुणकारी र सौन्दर्य प्रदान गर्ने बिरुवा



बुटवल। 

रुपन्देही जिल्लाको बुटवल भैरहवा सडक खण्डमा हरियाली प्रवर्द्धन र सहरी सुन्दरताका लागि तिलोत्तमा नगरपालिका क्षेत्रको सडकमा लगाईएका छतिवन (स्टोनिया)का रुखहरुको बारेमा गरीएको  प्रचार प्रसार अफवाह र गलत साबित भएको वनस्पति विज्ञ तथा  वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले बताएका छन् ।

नेपालमा रुख, बिरुवा, फूल, वनस्पतिको सन्दर्भमा खोज, अनुसन्धान गर्ने र यस सम्बन्धमा कुनै विवाद आएमा त्यसलाई निरुपण गर्ने सरकारको आधिकारिक निकाय वनस्पति विभाग भएको भन्दै डा. केसीले छतिवनबारे भ्रमपूर्ण प्रचारहरु भएपछि विभागले गत साउन २३ गते त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सहितका विज्ञ राखेर अन्तरक्रिया तथा थप खोज अनुसन्धान गर्दा कुनै पनि तथ्य, प्रमाण, अभ्यासले छतिवन रुख मानव स्वास्थ्यका लागि हानिकारक नरहेको पुष्टी भएको बताए ।

नगरका १ लाख ४९ हजार जनसंख्या र सो सडकमा हिडनेहरुको स्वास्थ्यलाई ख्याल गदै नगरपालिकाले शुक्रवार छतिवन  (स्टोनिया)का रुखहरुको वास्तविकता बारे आम नगरवासी र देशवासीहरुलाई जानकारी गराउन आयोेजना गरेको कार्यक्रममा वनस्पति विज्ञ तथा  वनस्पति विभागका महानिर्देशक डा. राजेन्द्र केसीले छतिवन रुखको बारेमा प्रकास पारेसंगै यो त अति गुणकारी बिरुवा भएको दाबी गरेका छन्  । उनले तिलोत्तमा नगरपालिकालाई  क्लिन र ग्रिन तिलोत्तमाका रुपमा देशैभरी हरियाली प्रवर्द्धन र सहरी सुन्दरतामा पुराएको योगदानले परिचित बनाएको बताए ।

छतिवन रुख नेपालको हावापानी र स्थानीय प्रजातिको भएको, सैतानको झार नभएको औषधीका लागि गुणकारी रहेको , सौन्दर्य प्रदान गर्ने , बहुवर्षिय चौडापाते बिरुवा , छिटो  बढ्ने, छत्र चौडा रहेकाले धेरै छाया दिने फूल्ने वासनादार, धुलो शोषण गर्ने प्रतिकुल परिस्थितिमा बाच्ने बिरुवा भएकोले यसबाट मानव जगतलाई फाईदैफाईदा पुग्ने वनस्पति विभागका महानिर्देशक डा. केसीले प्रस्ट पारे  ।

यसवारेमा कोही पनि डराउनु  र आतिन्न नपर्ने बिरुवा भएकोले यसलाई काटेर मास्नेकाम कसैले नगर्न समेत आग्रह गरे । विश्वका धेरै शक्तिशाली र विकसित मलुकहरुले समेत यस बिरुवालाई हरियाली प्रवर्द्धन र सडक सहरी सुन्दरताका रुपमा लगाउने गरेको उदाहरण समेत दिलाए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले छतिवन  (स्टोनिया)का रुखहरुले नगरलाई हरियाली प्रवर्द्धन र सडक सुन्दरतामा गौरव  मय बनाएको बताउँदै कसैको हल्ला र भ्रममा नलागी वास्तविकतामा ध्यान दिन  सुझाव दिए । नगरपालिकाकी उप प्रमुख जागेश्वरी चौधरीले क्लिन र  ग्रिन तिलोत्तमा बनाउन हरियाली प्रवर्द्धन कार्यक्रममाथि उठेका भ्रमको यो कार्यक्रमसंगै समाप्त भएको बत्ताउँछिन्  ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुद्ध परिपथ र ६ लैण्ड सडकको दायावायामा शहरी सुन्दरता र हरियाली प्रवर्द्धन नै तिलोत्तमाको सभ्यता बनेकोले यो सभ्यता विर्गानका लागि छतिवनको बारेमा नकारात्मक भ्रम ल्याईएकोस्पष्ट पादै अब यो भ्रम सदाका लागि अन्त्य भएको औँल्याए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले कार्यक्रम संचालन गदै भ्रम र अफाहमा नलाग्न आग्रह गरे । नगरपालिकाले  छतिवनको बारेमा नकारात्मक सन्देश फैलाउँदै रुख काटने  नौ जनालाई जनही ५ हजारका दरले जरिवाना स्वरुप कारबाही समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्