विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा साइमा निर्वाचित 



काठमाडौँ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भारतको नयाँ दिल्लीमा भएको बंगलादेशकी साइमा बाजेद निर्वाचित भएकी छिन् ।

भारतको नयाँ दिल्लीमा बुधबार बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई दक्षिण एशियाली क्षेत्रीय निर्देशक पदका लागि चयन गरेको हो । यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्यले पनि उम्मेदवारी दिएका थिए ।

बुधकार दिउँसो भारतको नयाँ दिल्लीमा भएको चुनावमा १० मत खसेकोमा नेपालका शम्भुप्रसाद आचार्यले २ मत प्राप्त गरी  पराजित भएका छन् ।
उनको प्रतिस्पर्धी बङ्गलादेशका उम्मेदवार साइमा बाजेदले ८ मत प्राप्त गरेकी थिइन् ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य राष्ट्र रहेका छन् । तर म्यानमारलाई अहिले भोट गर्ने अधिकार दिइएको छैन् । त्यसैले यसपटक १० देशको भोटबाट क्षेत्रीय निर्देशकका लागि मतदान गरियो ।

यही  निर्वाचनका लागि सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरुका बीच भारतको नयाँ दिल्लीमा गत सोमबार देखि जारी सेरो बैठकको तेस्रो दिन बुधबार नयाँ निर्देशक पदका लागि निर्वाचन भएको हो ।

उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।  नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो । उनीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले प्रतिस्पर्धा गरेकी थिइन्।

सेरोमा पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुने नियम भएपनि क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । हाल क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम क्षेत्रपाल सिंहले दोस्रो कार्यकाल पुरा गर्दै छन् ।

बैठकले छनौट गरेको नामलाई आगामी २२ देखि २७ जनवरीमा स्विट्जरल्याण्डको जेनेभामा हुने डब्लुएचओ बोर्ड बैठकमा पेस गरिनेछ । नव नियुक्त क्षेत्रीय निर्देशकले  फेब्रुअरी १,२०२४ देखि पाँच वर्षका लागि कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्