कोचाकोच कैदी, सरुवा हुनै मान्दैनन्

 ८५ जनाको क्षमतामा २९८ 



काभ्रे। 

कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दीलाई सकस भएको छ । कोचाकोच कैदीबन्दीको सहजताका लागि सरुवा गर्ने प्रकृया गरिएको भए पनि काभ्रे छाडेर अन्यत्र जान कैदीबन्दीले अस्विकार गरेका छन् । ८५ जनाको क्षमता रहेको कारागार कार्यालयमा आईतबारसम्म २ सय ९८ जना छन् । दशैको अवधिमा २ सय ९९ जना थिए ।

‘क्षमता भन्दा धेरै कैदी भएका कारण व्यवस्थापनमा कठिनाई भयो’–कारागार प्रमुख परशुराम थापाले भने–‘खान, बस्न, बाथरुमका् प्रयोग गर्न, नुहाउन लगायतका थुप्रै समस्या छन् ।’ ८५ जनाको व्यवस्थापनका लागि तयारी भएको कारागारमा २ सय ९९ जना सम्म कैदी बन्दी पुगे । पहिलो पटक यति धेरै संख्यामा कैदीबन्दी रहेको कारागार प्रमुख परशुराम थापाले बताए । कैदीबन्दी धेरै भएपछि कारागार प्रशासनले सरुवाका लागि विरगञ्ज, मकवानपुर र काठमाडौँमा पत्र पठाए पनि विरगञ्ज र काठमाडौँले पनि खाली नभएको जानकारी गराएको छ । विरगञ्जमा ८ जना, काठमाडौँमा ६ जना र हेटौडामा २ जनाको सरुवा माग भए पनि भिमफेदीमा बाहेक अन्यत्र नहुने भए पनि भिमफेदी कैदीबन्दीले सरुवा हुन मान्दै मानेनन् ।

‘जिल्ला कारागारमा धेरै कैदीबन्दी भए पछि सरुवाका लागि पत्र पटायौँ’–कारागार प्रमुख परशुराम थापाले भने–‘खाली भएका स्थानमा जान मान्दैनन् । अन्यत्र स्थान नै छैन ।’ पनौतीको सहकारीबाट नगद ३० लाख भन्दा धेरै चोरी गर्ने समूहले गत वर्षको असोजमा माफी मिनाहा पाए लगत्तै धादिङ्ग, ईलाम लगायतका स्थानका सहकारीमा पनि चोरी गरेको थियो । पहिला जेलमा हुँदा पनि भित्रबाटै योजना बनाउँदै निस्किए लगत्तै भटाभट चोरी गर्न सफल भएको थियो । धुलिखेल कारागारबाट पनि त्यस्तै योजना बनाउन सक्ने  आशंकासहित प्रशासनले कडा निगरानी गरिरहेको छ । धेरै कैदीबन्दी भएकै कारण व्यवस्थापनमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै सरुवाका लागि तयारी गरिएको प्रमुख थापाले बताए । यति हुँदा हुँदै पनि दोलखा कारागारबाट सरुवाका लागि आएको पत्रमा काभ्रे प्रशासनले असहमति जनाएको छ ।

जिल्ला कारागार कार्यालय धुलिखेलमा कर्तव्य ज्यान मुद्दाका ३९ जना छन् । जसमा ६५ वर्ष माथिका ३ जना छन् । डाँका-चोरी अभियोगका ३३, जर्बजस्ति करणीका १ सय ११ जना छन् । ज्यान मार्ने उद्योगमा ९, लागु औषधमा ९, चोरीमा १५, सवारी ज्यान-अंगभगंमा २० जना छन् । मानव अपहरण तथा शरीर बन्धकमा ३, सरकारी छाप किर्ते ठगी सहकारी सहितका १५ जना छन् । ६५ वर्ष माथिका २ जना छन् । मानव बेचबिखन तथा जिउ मास्ने बेच्नेमा ३, बहु विवाह तथा बालविवाहमा ६, रक्तचन्दनमा १, अप्राकृतिक बाल यौन दुराचारमा ७, बैकिङ्ग कसुरमा ५, बोक्सिको आरोपमा २, जर्बजस्तिकरणी उद्योगमा ६, लेनदेन विगोमा १, खोटा चलनमा १, बन्यजन्तु ऐनमा ३, कुटपिट २ जना गरी २ सय ९८ जना कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्