मलेरिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबिच आपसी सहकार्य आवश्यक: स्वास्थ्य मन्त्री बस्नेत



काठमाडौं । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मरेलिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबिच आपसी सहकार्य आवश्यक रहेको बताएका छन् ।

दक्षिण पुर्व एशिया क्षेत्रिय समुन्वय संयन्त्र फोरम (एसआरसिएमएफ)को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पुर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिएका हुन ।

मन्त्री बस्नेतले भने, ‘ मलेरिया उन्मुलन हामी सबैको साझा अजेण्डा हो । एक देशको प्रयासले मात्र दक्षिण पुर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिदैन । यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ ।’

खुला सिमाना र बसाईसराईका कारण पनि मलेरिया उन्मुलन चुनौतिपूर्ण भएको बताउदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पुर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिने दाबी गरे । मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद भएकाले विभिन्न देशका संसदका सांसदहरुबिच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बस्नेतले बताए ।

 

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलले दक्षिण पुर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरि छाड्ने दावी गरे । बिगत ५० वर्षदेखि मलेरिया उन्मुलनको क्षेत्रमा लागि परेको भए पनि पूर्ण सफलता पाउन नसकेको तर आउदो ६ बर्षमा भने त्यो सफलता प्राप्त गरि छाडनेमा डा। पोखरेलले जोड दिए ।

दुई दिनसम्म चल्ने बैठकलाई सम्बोधन गर्दै दक्षिण पुर्व एशिया क्षेत्रिय समुन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) का कार्यकारी सचिव डा. जिग्मी सिंगे, भारतको पश्चिम बंगालका मन्त्री गुलाम रब्बानी, बंगलादेशका सांसद प्रा।डा।मोहम्मद अब्दुल अजिज, नेपालका सांसद छविलाल विश्वकर्मा, तान्जेनियाका स्वास्थ्य अधिकारकर्मी डा. मेलानिए रेन्स र इसिमोडका महानिर्देशक डा. पेमा लगायतले मलेरिया उन्मुलनका लागि आपसी सहिकार्य आवश्यक रहेकोमा जाेड दिएका थिए ।

बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा. रुद्र मरासिनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समुन्वय महासाखाका निर्देशक डा। चुमनलाल दाशले दक्षिण पुर्वी एशियाका देशहरुबाट मरेरिया उन्मुलनका लागि बैठक फलदायी हुने विश्वास व्यक्त गरे । बैठक शनिबार सम्पन्न हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्