तावलमा आगलागी हुँदा ३ घर जलेर नष्ट



धादिङ। 

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर  २ तावलमा साेमबार आगलागी हुँदा तिनवटा  घर जलेर नष्ट भएका छन् ।


दिउँसोको समयमा विदुत सर्ट भई आगलागी भएको र स्थानीय बासिन्दाले  आगो निन्त्रण गरेको  स्थानीय सामाजिक कार्यकर्ता साेनिया तामाङले जानकारी दिइन्  ।
आगलागीबाट तरडोङ तामाङको टिनको छानो भएको २ तले घर, प्रेम बहादुर तामाङको टिनको छानो भएको २ तले घर र राम बहादुर तामाङकाे २ तले घर नष्ट भएको छ ।

थुन्से, डाेकाे, डालाे लगायत निगालोबाट बनेको सामाग्री भएको ठाउँमा आगलागी भएपछि नियन्त्रण गर्न कठिन भएको थियो । आगलागीबाट अन्न, कपडा समेत जलेपछि परिवार छिमेकीको घरमा बसेकका छन् ।

प्रतिक्रिया दिनुहोस्