काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनः बढ्यो



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ ।

यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।

मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजारम अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार केही दिन डेङ्गु सङ्क्रमण बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्