धुलिखेल अस्पतालको ‘सिमुलेसन ल्याब’, प्याब्सनसँग अन्तरक्रिया



काभ्रे। 

धुलिखेल अस्पतालले निजी विद्यालयका सञ्चालक तथा विद्यालयका प्रिन्सिपलहरुसँग विद्यालयका बालबालिकाहरुलाई ‘सिमुलेसन ल्याब’ को उपयोगिताका बारेमा जानकारी गराएको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले अस्पतालमा रहेको सिमुलेसन ल्याब प्रभावकारी भएकाले बालबालिकाहरुका लागि आवश्यक रहेको बताए ।

अस्पतालका मिडिया तथा कम्युनिकेसन विभाग प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुमन ताम्राकारले काभ्रेपलाञ्चोक जिल्ला तथा अस्पतालले सेवा दिन सक्ने स्थानका विद्यालयका बालबालिकाहरुलाई सिमुलेसन ल्याबको उपयोगिताका बारेमा जानकारी गराउने प्रयास गरिएको बताए । ‘हामी अधिकांश बालबालिकाहरु तथा शिक्षकहरुले समेत सिमुलेसन ल्याबका बारेमा जानकारी गराउने प्रयत्न गरिरहेका छौं’– विभाग प्रमुख डा. सुमन ताम्राकारले भने–‘सिमुलेसन ल्याबले बालबालिकाहरुलाई दिइँदै आएको ज्ञानसँगै सिपको पनि विकास हुनेछ ।’ विद्यालयहरुले अनुकुलतामा बालबालिकाहरुलाई अस्पतालमा रहेको सिमुलेसन ल्याबका बारेमा जानकारी गराउने छन् । सिमुलेसन ल्यावमा रहेको सर्कल अफ लर्निङका बारेमा अस्पतालका लेक्चरर ज्योत्सना तुई तुईले प्याब्सनका पदाधिकारीहरुलाई जानकारी गराएकी थिइन् ।

निजी विद्यालयका प्रिन्सिपलहरुले अस्पतालमा रहेको सिमुलेसन ल्यावबाट विद्यार्थीहरुले उपयोगी ज्ञानसँगै सिप लिन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्