हेल्प नेपालका बालबालिकालाई अष्ट्रेलिया र बेलायतबाट पनि अनलाइन पढाइन्छ



काभ्रे ।

हेल्प नेपाल बालगृह धुलिखेलले स्थानीय सरकार तथा समाजका विभिन्न निकायका प्रबुद्ध व्यक्तिहरुको भेला गरी  पहिलोपटक स्थानीय सरकारको रोहबरमा सामाजिक परीक्षण गरायो ।

सामाजिक परीक्षण २०८० को अवधारण अनुसार सामाजिक परीक्षण कार्यक्रममा धुलिखेल नगरपालिकाका उप प्रमुख नीराजन जंगमले प्रमुख अतिथिका रुपमा कार्यक्रमको उद्घाटन गरे । उनले भने-धुलिखेल नगरपालिकामा रहेका तीनवटा बालगृह मध्ये हेल्प नेपाल बालगृहले सर्वोत्कृष्ट काम गरेको र भोलीका दिनमा अन्य बालगृहहरुले पनि यहाँबाट सिकेर काम गनुपर्छ।

हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले संस्थाको स्थापना गर्नुको मूल उद्देश्य कुनै पनि बालबालिकाले अभिभावक नभएर शिक्षा र परिवारको मायाबाट वञ्चित हुनु नपरोस् भन्ने नै हो । हाल यस बाल गृहमा २३ जना बालिकाहरुलाई पूर्ण रुपमा रेखदेख, शिक्षा, आवासको व्यवस्था गरिएको जानकारी गराए ।

बालगृह सहयोग सञ्चालन समितिका सदस्य पूर्णबहादुर कार्कीले प्रतिवेदन प्रस्तुत गरेका  थिए ।  हेल्प नेपाल परोपकारी संस्था हो । नेपाल लगायत विश्वका विभिन्न भागमा रहेका नेपालीहरुलाई नेपालको लागि  योगदान गर्न प्रोत्साहित गरी नेपालको शिक्षा स्वास्थ्य क्षेत्रमा क्रियाशील रहनेछ । विशेषगरी विकट जिल्लाहरुमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारहरू तयार गर्ने र स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको निराकरणका लागी पहल गर्नुका साथै देशका जुनसुकै क्षेत्रमा आइपर्ने दैवी प्रकोप, महामारी लगाएतमा राज्य तथा जनमानसमा सहयोग ( राहत) पुरÞ्याउने हेतुले यो संस्था २०५६ सालमा  काठमाडौँमा केन्द्रीय कार्यालय रहने गरी स्थापना भएको उनले बताए  ।

उनले तत्कालीन समयमा देश द्वन्द्वको चपेटामा थियो । विद्रोही पक्ष र राज्य पक्ष दुवैबाट अभिभावक गुमाएका द्वन्द्व पीडित बालबालिकाहरुको उचित पालन पोषण, स्वास्थ्य, शिक्षादीक्षा दिने उदेश्यले २०७५ देखि आवसीय रुपमा उपलब्ध गराउने उद्देश्यले हेल्प नेपाल नेटवर्क चिल्ड्रेन होम’ धुलिखेलमा सञ्चालन गरिएको हो । तर बालगृहको पूर्वाधार पुरा हुँदा सम्म राज्य पक्ष र विद्रोही पक्षबीच शान्ति सम्झौता भयो । द्वन्द्व निराकरण पछि उद्देश्य परिवर्तन गरी देशका विभिन्न भागका असहाय बालिकाहरुलाई सेवा, सुविधा उपलब्ध गराउनेगरि बालगृह सञ्चालनमा ल्याइएको जानकारी गराए ।

उनले बालगृहमा हुम्ला, बाजुरा, चितवन, बारा, सर्लाही, सप्तरी मोरङ, झापा, दोलखा, सिन्धुपाल्चोक जिल्लाका २३ जना बालिकाहरु रहेको जानकारी गराए । यसअघि काभ्रे जिल्लाका २ जना बालिकाहरु एस.एल.सी (ग्रेड १२) परीक्षा उर्तीणभै पारिवारिक पुनर्मिलन गराइएको जानकारी गराउनुभयो । साथै गत आ.व.मा भए गरेका कार्यक्रमहरु र आगामी वर्षको योजनाका बारेमा जानकारी गराए ।

विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा, कला, संस्कृतिका साथै भाषामा समेत अब्बल बनाउँने उदेश्यले प्रत्येक शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म अष्ट्रेलियाबाट र दिउँसो २ बजेदेखि ४ बजेसम्म बेलायतबाट अनलाइन कक्षा सञ्चालन गरिँदै आएको पनि जानकारी गराए । उनले आर्थिक प्रतिवेदन लगायतका योजना भेला समक्ष पेस गरी  पारितका लागि प्रस्ताव गरेका थिए ।

त्यसैगरि बालगृहमा रहेका प्रत्येक बालिकाहरुको स्वास्थ्य बीमा र ३ लाखको जीवन बीमा गरिएको छ । साथै बचत गरी  बालगृहबाट परिवारमा पुनर्मिलन गराउँदा उनीहरुलाई सीप, उद्योग, व्यवसाय गरेर अघि बढ्न सकुन् भनी बचत भएको रकममा संस्थाका तर्फबाट थप गरेर २ जनालाई परिवारमा पुनर्मिलन गराएको जानकारी गराए ।

 बालगृहका व्यवस्थापक पुण्यवती घलेले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा बाल परिषद्का तर्फबाट सुनिता साह, धुलिखेल नगरपालिकाका  विदुर गौतम, कोषाध्यक्ष राजेन्द्र मान चुके, बालगृह सहयोग सञ्चालन समितिका सहसंयोजक रामप्रसाद श्रेष्ठ, वडा अध्यक्ष लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्