काभ्रेमा दर्जनौं सहकारीका एकैदिन सभा



काभ्रे।

शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका सहकारीका साधारण सभा सम्पन्न भएका छन् । जिल्लाको बनेपामा केन्द्रिय कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ साधारण सभा सम्पन्न भएको छ ।

त्यस्तै बनेपामा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारी लिमिटेडको १६ औँ सभा, बासडोल सामुदायिक बहुउदेश्यीयको १७ औँ सभा, समृद्धी साकोसको १५ औं सभा , पानस साकोसको १५ औं सभा, आदर्श बचत तथा ऋण सहकारीको १५ औ सभा सम्पन्न भएको छ । पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारीको १५ औँ सभा, परिकल्पना साकोसको १३ औ सभा सम्पन्न भएको छ ।

मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ सभा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफसकुनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष बालकृष्ण दाहालले संस्थाको समग्र प्रगतिका बारेमा जानकारी दिदै सहकारीले नमुना कार्यका लागि निरन्तर सेवा प्रदान गरिरहेको बताए । ६ करोड ९ लाख १० हजार मुनाफा गरेको सहकारीमा ८ हजार ७ सय ६९ शेयर छन् । २४ करोड ९९ लाख ३७ हजार ३ सय शेयर पुँजी रहेको सहकारीमा १ अर्ब ५८ करोड ५ लाख ९४ हजार ३३ रुपैया निक्षेप रहेको छ । १ अर्ब ७२ करोड २ लाख १५ हजार रुपैया ऋण लगानी गरेको संस्थाले शेयर सदस्यहरुका लागि विभिन्न सेवा प्रदान गरिरहेको छ ।

अध्यक्ष बालकृष्ण दाहाल, उपाध्यक्ष गोपालप्रसाद घिमीरे, सचिव होमनाथ ढुङ्गेल, कोषाध्यक्ष विदुरप्रसाद घिमिरे, लेखा संयोजक मोटप्रसाद सापकोटा लगायतले संस्थाका बारेमा जानकारी गराएको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले जानकारी दिए । सभामा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशवप्रसाद दंगाल, जिल्ला सहकारी संघका उपाध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सत्यदेवी भट्टराई लगायत सहकारी अभियान्ताहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा संस्थाका उत्कृष्टहरुलाई सम्मान गरिएको थियो ।

पञ्चकुमारी बहुउद्देश्यीय सहकारीको १६ औं सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । ६ करोड २९ लाख ८९ हजार ६ सय ४४ रुपैया बचत रहेको सहकारीमा १ करोड ४८ लाख शेयर पुँजी रहेको छ ।

उपाध्यक्ष आनन्द दाहाल, सचिव गोविन्द दाहाल, कोषाध्यक्ष लोकमणी दाहाल, लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद अधिकारीले संस्थाका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । १ हजार ३३ सदस्य रहेको उक्त संस्थाले एक वर्षको अवधीमा ३० लाख मुनाफा गरेको छ । संस्थाले महिला सदस्यहरुको हकमा प्रसुती भत्ता उपलब्ध गराउँदै आएको छ भने दुर्घटना बीमा, रायासयनिक मलको ब्यवस्थापन तथा बाल बचतकर्ताहरुलाई स्टेशनरी वितरण लगायतका कार्यहरु गरेको ब्यवस्थापक गंगा दाहालले बताईन् । सभामा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सल्लाहकार नवराज बजगाई, अटल पाँचकुण्ड सहकारीका उपाध्यक्ष कमल राय, संस्थाका सल्लाहकार तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राखेका थिए । सोहि अवसरमा उत्कृष्ट ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

पनौतीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ सभा नेफ्सकुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको प्रमुख आतिथ्यता तथा अध्यक्ष काजीबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा अध्यक्ष खत्री, उपााध्यक्ष चण्डेश्वरी मुनाकर्मी, सचिव भरत राउल, कोषाध्यक्ष बसुन्धरा अचार्य, सदस्य ज्ञानदास श्रेष्ठ, लेखा सुपरिवेक्षण समिति संयोजक बालकृष्ण प्रजापति लगायतले संस्थाले गरेका प्रगति तथा अवस्थाका बारेमा जानकारी गराएका थिए । सहकारीले चालु वर्षको अन्त्यमा २ हजार ९ सय ५५ शेयर सदस्यबाट २ करोड ३५ लाख ७६ हजार शेयर पुँजी सकलन गरी १८ करोड ८ लाख ५ हजार बचत संकलन गरेको छ भने १५ करोड ९८ लाख ३८ हजार ऋण लगानी गरेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकार, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, उद्यम साकोसका अध्यक्ष रोशनकुमार श्रेष्ठ, जिल्ला सहकारी संघका शम्भुलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद आचार्य, बागमती प्रदेशकी लक्ष्मी पन्त तिवारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले संस्थाले गरेका गतिवीहरुका सन्र्दभमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्