किशोरीहरुलाई यौन हिंसाविरुद्ध तालिम



धादिङ ।

पछिल्लो समय बालिका र किशोरीहरुमाथि यौनजन्य हिंसाका घटनाहरु बढ्दै गएको प्रति संवेदनशिल हुँदै सहयात्री समाज नेपालले विभिन्न विद्यालयका किशोरीहरुको लागि यौनहिंसा विरुद्ध सचेतना तालिमहरु सञ्चालन गर्न थालेको छ ।

सहयात्री समाजले शंखादेवी मावि मझिमटारमा अध्ययनरत ११ र १२ कक्षाका किशोरीहरुलाई यौन हिंसा, र यसबाट सुरक्षित रहने तरिका, यौन हिंसाका घटनाभएका उजुरी गर्ने स्थान आदिका  बारेमा तालिममा छलफल गरिएको सहयात्री समाज नेपालका गिता खनालले बताइन् ।

वल्र्ड बैंकको सहयोगमा नेपाल सरकार सडक विभागले नागढुंगा मुग्लीन सडक विस्तारको काम गरिरहेको छ । सडक विस्तारको काममा धेरै कामदारहरुको परिचालन भैरहँदा किशोरीहरु र बालिकाहरुमाथिको यौन हिंसा बढ्न सक्ने कुरालाई मध्यनजगर गर्दै यौन हिंसाका घटना नहोस भन्नका लागि सडकसंग सम्बन्धित मजदुर, कर्मचारी र समुदायका महिला तथा किशोरीहरुमा सचेतना तालिमहरु सहयात्री समाज नेपालले सञ्चालन गर्दै आएको छ ।

यौन हिंसाका कुनै घटना भइहाल्यो भने परियोजनाले न्यायका लागि सहजीकरण गर्ने गरी गुनासो सुनुवाइ संयन्त्र र आवस्यक सेवा प्रदान गर्ने संयन्त्र समेत निमार्ण गरिएको छ ।

तालिममा सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा, गिता खनाल र संगिता (दिपा) कँडेलले सहजीकरण गरेका थिए  । तालिममा ४५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्