अवकाशपछिको सक्रियता



म जागिरबाट अवकाशपछिको जीवन बिताउँदै गरेको व्यक्ति हुँ । अवकाश जीवनकै बारेमा श्रीरामसिंह बस्नेतले साधनामा लेख्नुभएको लेख अनलाइनमा पढ्ने अवसर मिल्यो । सामान्यतया जागिर खाने मानिसको मात्र कामबाट अवकाश हुन्छ भन्ने सोचाइ धेरैको हुन्छ तर निजी व्यवसाय, खेतीपाती, व्यापार गर्नेले पनि अवकाश लिनुपर्ने हुन्छ । मेरा एकजना व्यापारी साथी हुनुहुन्छ । उहाँ मलाई भन्नुहुन्छ– ‘तपाईं पो जागिरे हुनुहुन्थ्यो र रिटायर्ड हुनुभयो, म केको रिटायर्ड ?’

मैले उहाँलाई कतिपटक सम्झाएँ । उमेर ढल्केपछि जसले पनि व्यावसायिक जीवनबाट बिस्तारै विश्राम लिनै पर्छ । आफूले पहिलेदेखि मन पराएर गर्दै आएको कुनै सौखले अवकाशको जीवनमा राम्रो साथ दिन्छ भन्ने लेखक बस्नेतको कुरा सही छ । म सानैदेखि ब्याडमिन्टन, टेबलटेनिस खेल्दै आएको मान्छे हो । त्यसैले अहिले अवकाश जीवनमा पनि हरेक बिहान मेरो उमेर मिल्नेहरुसँग ब्याडमिन्टन खेल्ने गरेको छु । साथै उनीहरुसँग विगतका कुरा साटासाट गर्ने, चिया खाने, मर्निङ वाक जाने गर्दा मैले खुशी र फूर्तिको अनुभव गरेको छु । म अरुलाई पनि आफ्नो रुचिअनुसार विनातनाव सकेको सक्रियता देखाएर अवकाश जीवन जिउन सल्लाह दिन्छु ।

– सागरबहादुर थापा, हाल: हेटौडा ।

प्रतिक्रिया दिनुहोस्