बच्चाका लागि बाबुको आवश्यकता किन ?



१. संज्ञानात्मक विकास: जर्नल फ्रन्टियर्स इन सोसियोलोजीका अनुसार, बुबाको सकारात्मक र सक्रिय उपस्थितिले बच्चामा भावनात्मक बौद्धिकता र समस्या समाधान गर्ने क्षमता बढाउन मद्दत गर्छ । यस्ता बच्चाले राम्रो संज्ञानात्मक विकास देखाउन सक्छन् । सक्रिय बुबासँग हुर्केका बच्चाहरूले मौखिक र गणित परीक्षामा उच्च अंक प्राप्त गरेको देखिएको छ । उनीहरूले विद्यालय छोड्ने वा अपराध गर्ने सम्भावना पनि कम पाइएको छ ।

२. उच्च आत्मविश्वास: बाबु नहुँदा सन्तानमा आत्मविश्वासको कमी हुन सक्छ । अमेरिकी मनोवैज्ञानिक संघका अनुसार, बुबाहरूले बच्चालाई भावनात्मक समर्थन प्रदान गर्न सक्छन् । यसले बच्चामा थप आत्म–सम्मान विकास हुनुका साथै खुशी र अधिक विश्वस्त हुन्छन् । साथै निराशा र साथीहरूको दबाबको प्रतिरोध गर्न सक्छन् ।

३. गलत कार्य रोक्न: जर्नल पेरेन्ट साइन्स प्राक्टिसका अनुसार, बच्चाका लागि बुबासँग मैत्रीपूर्ण सम्बन्ध हुनु महत्वपूर्ण छ । बालबालिकासँग घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध राख्दा उनीहरू सही बाटोबाट विचलित हुने र गलत बानीको सिकार हुने सम्भावना कम हुन्छ ।

४. प्रेरणाको स्रोत र नायकत्व: बच्चाले बाबुलाई आफ्नो रोल मोडलको रूपमा लिन्छन् । मानिस कस्तो हुनुपर्छ भन्ने बुबाको उदाहरणबाट सिक्छन्, उनको व्यवहार नक्कल गर्छन् । छोरो बाबुको विशेषता भएको पुरुषका रुपमा हुर्किन सक्छ भने छोरी अक्सर आफ्नो पार्टनरमा बाबुको विशेषता खोज्छन् । त्यसैले बाबुले सधैँ सन्तानको अगाडि राम्रो व्यवहार गर्नुपर्छ ।
स्रोत ः धधध।जभबतिजकजयतक।अयm

प्रतिक्रिया दिनुहोस्