ज्येष्ठ नागरिक सम्मानित



धादिङ। 

ज्येष्ठ नागरिक संघ नीलकण्ठ नगरपालिका र नीलकण्ठ नगरपालिकाले छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

ज्येष्ठ नागरिकहरुको उपस्थितिमा धादिङबेसीमा आयोजित ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनीहरुलाई  सम्मान गरिएको हो ।

९० वर्षीया एकल महिला ठ कुमारी ढुंगाना, अपाङ्गता भएका ७० वर्षीय गोरे कुमाल, ९० वर्षीय दलित बिरबहादुर नेपाली र ज्येष्ठ नागरिक ९० वर्षीय नीरबहादुर अधिकारी, सीता लम्साल, नन्दकुमारी  श्रेष्ठलाई  दोसल्ला ओढाएर र पौष्टिक आहार वितरण गरेर सम्मान गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकलाई  यात्रु बस तथा सबै किसिमको सरकारी सेवामा सहुलियत दिने व्यवस्था रहेकोले अधिकार खोजेर लिनका लागि सरकारी निकायका व्यक्तिहरुले आग्रह गरेका छन्।

नीलकण्ठ नगरपालिकाले ज्येष्ठ नागरिकहरुको हितका लागि कार्यक्रम ल्याएको  उपप्रमुख विकले बताए ।

यस्तै कार्यक्रममा जेष्ठनागरिकको सुरक्षा संरक्षणको अधिकार भएकोले राज्यले पूरा गर्नुपर्ने सामाजिक अभियन्ता सिताराम अधिकारीले बताए ।

ज्येष्ठ नागरिक वासुदेव लम्सालको अध्यक्षतामा तथा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

कार्यक्रमलाई सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, प्रहरी उपरीक्षक गौतम मिश्र, नीलकण्ठ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  पुरुषोत्तम सुवेदी, साहित्यकार बद्री दाहाल, लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्