आज मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले विश्व रेकर्डको प्रयास गर्दै


काठमाडौं ।

आज २९ सेप्टेम्बर अर्थात् विश्व मुटु दिवसको अवसर पारेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले आज शुक्रबार साँझ फेसबुक लाइभमार्फत विश्व रेकर्ड कायम गर्ने प्रयास गर्दै छन् ।

मुटुरोगको रोकथामसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले फेसबुक लाइभमार्फत मुटुरोग तथा उच्च रक्तचापका बारेमा डा. ओम मूर्ति अनिलले सचेतनामुलक प्रस्तुति दिई विश्व रेकर्ड कायम गर्ने प्रयासको तयारी गरेका हुन् । आज शुक्रबार बेलुका ७  ः १५ बजेदेखि  डा. अनिल आफ्नो फेसबुक पेजमार्फत आधा घण्टा लाइभ प्रस्तुत हुनेछन्। डा. अनिलको लाइभ चलिरहँदा ५ हजारभन्दा बढी दर्शक एक साथ सहभागी भए मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामा विश्व रेकर्ड कायम हुनेछ ।

मुटुरोग रोकथामका निम्ति लामो समयदेखि जनचेतनामुलक अभियान जारी राखेका डा. ओम मूर्ति अनिलको यस अभियानमा स्वदेश तथा विदेशका नेपालीले सहभागिता जनाउनका निम्ति विभिन्न संघसंस्था तथा सामाजिक अभियान्ताहरुले आह्वान गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।