नेपाल मेडिकल काउन्सिलद्वारा उजुरी दिन अपिल



काठमाडौँ। 

 नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकहरुबाट लापरबाही वा हेलचेक्राई भएको लागे आफूकहाँ उजुरी दिन अपिल गरेको छ । देशका विभिन्न भागमा उपचारमा लापरबाही तथा हेलचेक्राई भएको भन्दै चिकित्सकहरुमाथि आक्रमण हुने क्रम बढ्न थालेपछि काउन्सिलले यस्तो अपिल गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीद्वारा  मंगलबार जारी  विज्ञप्तिमा उपचारमा लापरबाही वा हेलचेक्राई भई कुनै घटना भएको भए त्यसबारेमा गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको र त्यस्ता घटनाको छानबिन समेत भइरहेको उल्लेख गरिएको छ ।

उनले उपचारसँग सम्बन्धित कुनै पनि घटनाको काउन्सिलमा उजुरी नगरी चिकित्सकमाथि भौतिक आक्रमण गर्ने कार्यले हित नहुने स्पष्ट पारेका छन् । काउन्सिलले उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन समेत अनुरोध गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्