जी ट्वान्टी सफलताको भू-राजनीतिक महत्व



जी ट्वान्टीमा भएको साझा सहमति कूटनीतिको लागि आपैmँमा अर्थपूर्ण रहेको छ । जी ट्वान्टीको सबभन्दा महत्वपूर्ण उपलब्धि यसको स्वरुप, आकारप्रकारमा परिवर्तन हुनु हो । युरोप र अमेरिकाको आवश्यकताबाट प्रादुर्भाव भएको जी ट्वान्टी समयको अन्तरालका साथ परिवर्तित हु‘दै एसिया र अफ्रिकाको आवश्यकतालाई आत्मसात् गरी अगाडि बढिरहेको छ । अर्थात् सन् २०२३ को जी ट्वान्टीको दिल्ली घोषणाले अफ्रिकन युनियनलाई विधिवत् रूपमा स्थायी सदस्यका रूपमा घोषणा गरेको छ । ५५ वटा अफ्रिकी मुलुकहरूको गठबन्धनबाट निर्माण भएको अफ्रिकी युनियनको प्रतिनिधित्वले जी ट्वान्टीको ओज र अस्मितालाई अब्बल बनाएको छ । अफ्रिकाका आठवटा मुलुकहरूले द्रुत गतिमा आर्थिक विकास गरिरहेका छन् । साङ्ख्यिकीय लाभांश र पर्याप्त संसाधनले गर्दा अफ्रिका दमित र पीडित अवस्थामा बस्न सक्ने अवस्था छैन । जी ट्वान्टीको साझा सहमति कूटनीतिको लागि आपैmँमा म्याराथुन थियो । सहमति निर्माणका लागि २ सय घण्टा लगातार संवाद र वार्ता भएको थियो । सन् २०२२ मा इन्डोनेसियाको बाली शिखर सम्मेलनमा सहमति निर्माण हुन सकेको थिएन । अमेरिकालगायत युरोपेली युनियन रसियाले गरेको सैनिक आक्रमणप्रति आपत्ति जनाउ‘दै जी ट्वान्टीको मञ्चलाई प्रयोग गर्न चाहन्थे । प्रतिकारमा चीन र रसियाले आफ्नो गठजोडलाई कायम गर्दै अमेरिका र युरोपको चाहनालाई प्रतिवाद गरेका थिए ।

भारतको अध्यक्षतामा सम्पन्न भएको जी ट्वान्टी शिखर सम्मेलनमा जी ट्वान्टीलाई भू–राजनीतिक टकहराहट नबनोस् भन्ने कुरामा भारतीय कूटनीति सचेत देखिन्थ्यो । अर्थात् भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले जी ट्वान्टी भू–राजनीतिक समस्यालाई सामाधान गर्ने मञ्च नभएको कुरा प्रस्ट पारिसकेका थिए । ८३ अनुच्छेदमा तयार पाएिको दिल्ली घोषणामा सन्तुलित भाषाको प्रयोग भएको थियो । मानव अधिकार, क्षेत्रीय अखण्डता र सम्प्रभुताको कुरा प्रयोग गरेर युक्रेनको व्यथालाई सांकेतिक रूपमा प्रतिविम्बित गरे तापनि रसियालाई भत्र्सना गरिएको छैन । त्यसै कारणले गर्दा घोषणापत्रमा रसिया र चीनले आप्mनो सहमति जनाएका थिए ।

रसिया र चीनको सहयोगविना जी ट्वान्टीको लक्ष्यलाई सार्थक बनाउन असम्भव रहेको कुरा भारतलाई ज्ञात रहेको छ । रसियालाई उत्तेजित नबनाउनु नै भारतको ध्येय थियो । तदनुरूप युक्रेनलाई पर्यवेक्षकका रूपमा समेत आमन्त्रित गरिएको थिएन । हुन त जी ट्वान्टीको दिल्ली सहमतिप्रति युक्रेनको आपत्ति रहेको छ । अधिकारिकरूपमा युक्रेनले जी ट्वान्टीको दिल्ली घोषणा मानव अधिकार र मानवीय संवेदनाप्रति सजग नरहेको कुरा अभिव्यक्त गरेको छ । तर सामरिक जानकार किशोर मेहबुवानीले युक्रेनको अभिव्यक्तिलाई जी ट्वान्टीको सफलताको रूपमा व्याख्या गरेका छन् । मेहबुवानीले जी ट्वान्टीलाई भू–राजनीतिक द्वन्द्वबाट पृथक् राख्नु नै नेतृत्वको सफलता हो भन्ने तर्क पेस गरेका छन् ।

जी ट्वान्टीमा उत्तरी गोलाद्र्धको बाहुल्यता थियो । युरोप र अमेरिकाको छत्रछायामा जी ट्वान्टी परिष्कृत र विकसित भएको थियो । तर वर्तमान अवस्था फरक रहेको देखिन्छ । जी ट्वान्टीलाई समावेशी बनाउन भारतीय प्रधानमन्त्री मोदीले सन् २०२३ को जनवरीमा दक्षिण गोलाद्र्धका १२५ वटा मुलुकहरूसँग संवाद गरेर दक्षिण गोलाद्र्धका समस्याहरूलाई मुखरित गर्दै जी ट्वान्टीको कार्ययोजनामा समाहित गरेका छन् । इन्डोनोसिया, ब्राजिल र भारतको सक्रियता जी ट्वान्टीमा बढिरहेको छ । विश्वको विकास आर्थिक वृद्धिदर पनि ट्रान्स एट्लान्टिकबाट ट्रान्स प्यासिफिकमा परिवर्तित भएको छ । दक्षिण कोरिया, चीन र भारतको आर्थिक उदयले गर्दा जी ट्वान्टीमा समेत एसियाको प्रतिनिधित्व वढिरहेको छ ।

सामरिक जानकार किशोर मेहुवार्न मेहबुवानीले आफ्नो पुस्तक ‘एसिया मिराकल’ मा आउने शताब्दीमा चीन र भारतले विश्व अर्थतन्त्रको नेतृत्व लिने कुरा उल्लेख गरेका छन् । जी ट्वान्टीको अर्को सफलता न्यु इकोनोमी कोरिडोरको निर्माण गर्नु हो । उक्त योजना अनुसार भारत, यु.एई, साउदी अरेबिया, इजरायल हु‘दै ग्रीसबाट युरोप जोड्ने नयॉ मार्ग निर्माण गर्नु हो । यो मार्ग निर्माण भएको खण्डमा भारत, खाडीमुलुक र युरोपबीच आर्थिक कारोबारमा तीव्रता आउने जानकारहरूको विश्लेषण रहेको छ । एक किसिमले यो गुरुयोजना निकै नै अब्बल देखिएको छ । चीनको बढ्दो प्रभावले गर्दा हिन्दमहासागरीय क्षेत्रमा अमेरिकाले आफ्नो सक्रियता बढाएको छ । सुयेज केनाल र जिवुतीमा चीनको प्रभावलाई कमजोर गर्न अमेरिका र भारतले नयॉ योजना शुरूवात गर्न जमर्काे गरेका छन् । न्यु इकोनोमिक करिडोरले गर्दा एसिया, युरोप र अमेरिकाबीच आर्थिक सघनता बढ्छ । ६० दिनभित्र नै यो गुरूयोजनालाई कार्यरूप दिन नेतृत्व वर्ग सहमत भएका छन् ।

जी ट्वान्टीको अर्को सफलता ‘ग्लोबल बाओ फ्युल एलायन्स’ को निर्माण गर्नु हो । संसार वैकल्पिक ऊर्जाको खोजीमा रहेको छ । पर्यावरणीय संकटले गर्दा सौर्य ऊर्जा र जैविक ऊर्जाको टड्कारो आवश्यकता रहेको छ । भारतले सौर्य ऊर्जा उत्पादनको क्षेत्रमा अभूतपूर्व सफलता प्राप्त गरेको छ । जी ट्वान्टी शिखर सम्मेलमा फोहोर व्यवस्थापनको माध्यमबाट ऊर्जा निर्माण गर्नको लागि सहमति भएको छ । प्रविधि र पू‘जीको साटासाट गरेर अगाडि बढ्नेसमेत सहमति भएको छ । वैकल्पिक ऊर्जा निर्माणको क्षेत्रमा भारत अगाडि रहेको छ । उखुबाट इथोनोल तयार गरेर २० प्रतिशत ऊर्जा खपत परिपूर्ति गर्ने भारतले लक्ष्यसमेत राखेको छ ।

जी ट्वान्टी शिखर सम्मेलनको अझ अर्को महत्वपूर्ण उपलब्धि वायु परिवर्तनसम्बन्धी साझा सहमति हुनु हो । वातावरणीय परिवर्तन र यसको प्रकोपबाट दक्षिण गोलाद्र्धका देशहरू सर्वाधिक पीडित रहेका छन् । युरोपको सुख र सुविधाको दस्तुर एसियाले तिरिरहेको छ । यस परिवेशमा पर्यावरणीय सन्तुलनको सक्दो सहयोग गर्नु युरोप र अमेरिकाको दायित्व हुन जान्छ । तदनुरुप संसारमा सबभन्दा अधिक लगानी बेलायलते गरेको देखिन्छ । जी ट्वान्टी शिखर सम्मेलनको माध्यमबाट वातावरण सन्तुलन गर्न २ बिलियन अमेरिकी डलरको कोषको समेत घोषणा गरेको छ ।

सन् २०२३ को जी ट्वान्टी शिखर सम्मेलनलाई भारतले एउटा उत्सव र चाडका रूपमा मनाएको थियो । कूटनीतिलाई जनजन र मनमनमा जोड्न भारतले जी ट्वान्टीका कार्यक्रमहरू भारतमा ६० वटा सहरहरूमा अनुष्ठान गरेको थियो । २ सय कार्यक्रमहरूको माध्यमबाट भारतमा ६० वटा सहरहरू विश्व समुदायबाट परिचित भएका थिए । अर्थात् यसको प्रभावबाट पर्यटनलगायत हरेक क्षेत्रमा भारतले लाभांश प्राप्त गर्न सक्दछ । जी ट्वान्टी शिखर सम्मेलनको माध्यमबाट विश्व बैंकलगायत अन्तर्राष्ट्रिय मुद्राकोषलाई पनि टाट पल्टेका मुलुकहरूप्रति लचकता अपनाउन आन्तरिक सहमति भएको छ । यो हुन गएको खण्डमा इथोपिया, केनिया र श्रीलङ्काले लाभांश प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्