डाक्टर ओममूर्तिको जीवन्त सम्बन्धलाई पाठ्यपुस्तक बनाईयोस् : हरिवंश आचार्य  



काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलद्धारा लिखित उहाँको पिता स्व.तेजनारायण सिंहको देहवासनको पीडालाई सम्झेर बुबा नहुँदाको पीडा र बुबाले बाल्यकालदेखि हालसम्म दिनुभएको माया, प्रेम, मार्गदर्शन, शिक्षा र शिक्षाको महत्वलाई केन्द्रित बनाइ लेख्नुभएको पुस्तक जीवन्त सम्बन्ध भव्य समारोहबीच डा.ओममूर्तिकी ममतामयी माताले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई प्रमुख आतिथ्यतामा लोकार्पण गर्नुभयो ।
पुस्तक लोकापर्ण कार्यक्रम भव्य र सव्य रुपमा वरिष्ठ कलाकार, चिकित्सक, कुटनीतिज्ञ, पत्रकार, कर्मचारी, नर्स, शुभचिन्तक, आफन्तजन, डाक्टर ओममूर्तिको जन्मथलोबाट गाडी नै लिएर उहाँका साथीसंगीहरु, बिरामी र बिरामीका आफन्तसमेत ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
शुक्रवार बसुन्धरामा आयोजित कार्यक्रममा उहाँकै आमा राजकुमारीदेवी सिंहले पुस्तक लोकापर्ण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा.ओममूर्तिको किताब लेखनमा गरेको मेहनत र समेटिएका विषयवस्तु बाल्यकालदेखि युवा, विद्यार्थी, जवान र चिकित्सक भएर एउटा जिम्मेवार भएर आम नागरिकका लागि बाबुआमा र सन्तानको दायित्व के हो भन्ने प्रष्ट पारि मूलमन्त्रकै रुपमा लेखिएको छ । यो किताब पढेर धेरै कुरा सिक्नुस् भन्नुभयो ।
त्यसैगरि अर्का प्रमुख अतिथि हरिबंश आचार्यले मैले छोरा भएर बाबु आमालाई गर्नुपर्ने कार्य केही पनि गर्न पाईन । मलाई बाल्यकालमै बाबु र आमाले छोडेर जानुभयो मलाई मेरा दिदीहरुले बाबुआमा बनेर अघि बढाउँनुभयो । मदन दाइ र मेरो पनि इन्टरकाष्टसम्बन्ध हो यसलाई राम्रोसँग बुझ्न सके त्यो जति राम्रो कुनै हुँदैन । हाम्रो जमानामा बा र भूतलाई डरको प्रतिक बनाएर राखिन्थ्यो । तर, बाहरुले डरको प्रतिकको रुपमा हुनुहुन्थ्यो ।
तर, अहिलेको जमानामा सबैभन्दा राम्रो साथी भनेको बाबु र आमा हुनुपर्छ भन्ने सुनिन्छ । यो समय आउनुअघि नै ओममूर्तिलाई उहाँको बुबाले साथी बनाउँन शुरु गरिसक्नुभएको रहेछ । व्यवसायीक शिक्षा पनि दिनुभएको रहेछ । यो अत्यन्तै व्यवहारिक शिक्षा पाएकै कारण डा.ओममूर्तिको आध्यात्मिक शिक्षा भएको घर परिवारका रुपमा लिन सकिन्छ । यो किताबलाई कोर्षबुकमा राख्न मिल्ने किताब बनाउँनुपर्छ भन्नुभयो ।
पुस्तकमा बुबा, आमा, धर्म, संस्कृति, आध्यात्म, सरसफाई, जेण्डर मैत्री वातावरण कसरी बनाउँन सकिन्छ भन्ने पुस्तकमा पढ्न सकिन्छ ।
डा.अनिलका गुरु अर्थात् चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा.डा.जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले ओममूर्तिले यस्तो किताब लेख्छ होला र के लेख्न खोजेको होला भन्ने लागेको थियो । जब किताब हात पर्यो यो किताब सर्वब्यापी सबैका लागि हुने ज्ञान दिएको रहेछ । ओममूर्तिलाई पात्रका रुपमा कृष्ण र पितालाई अर्जुन बनाएर सत्यतामा आधारित भएर ज्ञान दिने काम गरिएको छ ।
यो अत्यन्तै सराहनीय छ । उहाँले बुबालाई अस्पताल लैजाँदा स्वास्थ्य संरचनामा भएका कमजोरी र चिकित्सकमा के के कुरा हुनुपर्छ भन्ने बारेमा सिकाउँनु भएको छ । हरेक क्षेत्रले हरेक स्थितिमा हामीलाई चाहिने ज्ञान दिईएको छ । मृत्युको बेलामा आफन्तलाई पर्ने पीडा, पुराना मान्यतालगायत सबैको महत्वलाई बर्णन गरिएको छ, भन्नुभयो । उहाँले लेखकले आमा बाबुलाई जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर मुक्ती खोज्नेलाई पनि आँखा खोल्नु भएको छ, भन्नुभयो ।
त्यसैगरि कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोईराला, पूर्व राजदूत प्रा.डा.विश्वम्भर प्याकुरेललगायतले प्रत्यक्ष उपस्थित हुन नसकेपनि भिडियोमार्फत शुभकामना सन्देश दिनुभएको थियो ।
त्यस्तै डा.रविन्द्र समीरद्धारा पुस्तकको समिक्षा गर्नुभएको थियो ।
जीवन्त सम्बन्धले सस्कार, संस्कृति, पारिवारिकसम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।
जीवन्त सम्बन्ध पुस्तकका विशेषताहरुमा पारिवारिक सम्बन्धहरुको गहिराईलाई केलाईएको छ । त्यसैगरि हरेक मानवको कर्तव्य, सोच र दायित्व लगायतका बिषयममाथि केन्द्रित रहेको छ । त्यस्तै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्यान सक्ने खालको छ । सामाजिक रुपान्तरण पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने गरि ५३ वटा जीवन्त उपयोगी खण्ड २ सय ४० पृष्ठमा समेटिएको छ ।
डा.ओममूर्तिले पुस्तक प्रकाशन गर्नुको मूल उदेश्य पुस्तकमा जीवन्त भावना उतार्ने र उक्त पुस्तक विक्रीबाट प्राप्त रकम असहाय, बृद्धबृद्धाको स्वास्थ्य सेवाका निम्ति डा.ओम फाउण्डेसनमार्फत खर्च गर्ने जनाउनु भएको छ ।
डा.ओममूर्तिद्धारा लिखित पुस्तक नेपालका भाटभटेनी, ईसेवा, पुस्तकपसल लगायतबाट प्राप्त हुने र विदेशमा पनि अर्डर अनुसार पठाउन सकिने र काठमाडौं उपत्यकामा निःशुल्क डेलिभरी गर्ने पनि जानकारी गराईयो ।
जीवनन्त सम्बन्ध पुस्तकको साधा कभरको मूल्य ६ सय र हार्ड कभरको १ हजार मूल्य राखिएको छ । पुस्तक खरिद गर्दा चिटिक्क परेको व्यागमा डा.ओममूर्ति अनिलको हस्ताक्षर सहितको पुस्तक प्राप्त हुन्छ । यो पुस्तकका प्रकाशक लेखक स्वयम हुनुहुन्छ भने समीक्षा पब्लिकेशन प्रालिले वितरणको जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्