नायकको खोजिमा नेपाल



उत्तरमा चिन र दक्षिणमा भारतको बीचमा अबस्थित स्वतन्त्र अस्तित्वमा अडिग, अटल र स्वाधिन भूपरिबेष्ठित राष्ट्र हो नेपाल। देवभुमी भनेर चिनिने नेपालले आफ्नो जीवनकालमा अनेक चुनौति सामना गरेको छ।

तर बिगतमा मुलुक सामु आएका सबै चुनौतिहरुलाई सामना गर्न सक्षम नायकहरु यो मुलुकले पाउँदै आएको छ भन्दा अत्युक्ति नहोला। शायद ती नायकहरु नेपालले नपाएको भए नेपालको अस्तित्व के हुन्थ्यो होला भन्ने प्रश्नको उत्तर कहालिलाग्दो हुन सक्थ्यो या रहरलाग्दो हुन सक्थ्यो त्यो आंकलन गर्न सहज छैन। तर पनि नेपालले आफ्नो स्वाधीन अस्तित्व कायम गर्नके लागि आबश्यक परेको बखत नेपाल भित्रै नेपाली माटो सुहाउँदा नायकहरुको उदय यो मुलुकमा भएको पाइन्छ।

नेपाल बाइसे, चौबिसे लगायतका अनेक स-साना राज्यहरुमा विभाजित थियो। त्यो समयमा नेपालमा जस्तै भारत समेत अनेक साना ठुला राज्यहरुमा विभाजित थियो। विश्व मानचित्रमा ब्रिटिस साम्राज्यवाद चुनौती रहित ढंगले आफ्नो बिस्तारमा लागेको थियो। कहिल्यै सुर्य नअस्ताउने देशको रुपमा परिचित ब्रिटिस साम्राज्य इष्ट इण्डिया कम्पनीको रुपमा भारतीय उपमहाद्वीपमा पसिसकेको थियो र त्यहाँका राजा रजौटाहरु बिचको बैमनस्यता र महत्वाकांक्षामाथि खेल्दै ब्रिटिस साम्राज्यवादका पाइलाहरु बिस्तारै बिस्तारै नेपालतिर लम्किन सुरसार गर्दै गर्दा नेपालले पृथ्वीनारायण शाहको रुपमा एक नायक पायो।

पृथ्वीनारायण शाहले नेपाललाई एकिकरण गरेर सबल र सक्षम नबनाए इष्ट इण्डिया कम्पनिको लम्काइलाई रोक्न सकिन्न भन्ने यथार्थलाई आत्मसात गरेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरुवात गरे र नेपाललाई एकिकृत मुलुक बनाउने महान कार्य गरेकै हुन जुन स्तुतियोग्य छ। कतिपयले अहिले आएर पृथ्वीनारायण शाहले एकिकरण गरेर आफ्नो पहिचानलाई मेटेको आरोप लगाउँछन तर ति सबैलाई एउटा प्रश्न गर्न सकिन्छ कि के पृथ्बीनारायण शाहले नेपाललाई एकिकृत र बलियो नबनाएको भए के इष्ट इण्डिया कम्पनिको पञ्जाबाट उनीहरुले आफ्नो भू-भाग जोगाउन सक्थे तरु बिशाल भारत(अहिलेको पाकिस्तान र बांगलादेश सहित) लाई त क्वाप्पै निल्न सक्ने इष्ट इण्डिया कम्पनीको बक्रदृष्टिबाट के नेपाली सुरम्य भुभागहरु बच्थे होला तरु त्यसैले त्यो युगले जन्माएका एक नायक हुन पृथ्वीनारायण शाह भन्ने कुरामा अधिकांश राष्ट्रप्रेमी नेपालीको दुइमत हुनै सक्दैन।

पृथ्वीनारायण शाहले आफ्नो लडाकु योद्धाको छबिबाट बाहिर निस्किएर राजाको भुमिका निर्बाह गर्न पाउनु भन्दा अगाडि नै उनको मृत्यु हुनु, उनको मृत्यु पश्चात षडयन्त्र, दाउपेच जस्ता कुटिल दरवारिया राजनितिको कारण नेपाल कमजोर हुँदै गएको अबस्थामा देशले अर्को नायक खोजिरहेको थियो। त्यो यस्तो परिबेश थियो जुन परिस्थितिमा इष्ट इण्डिया कम्पनीले आफुलाई स्थापित गरिसकेको थियो र नेपालको दरवारमा मौलाएको अब्यवस्था र अराजनीतिले गर्दा नेपालका धेरै योद्धाहरुले षडयन्त्रको शिकार हुनुपरेको परिस्थिति थियो। त्यो परिस्थितिमा देशलाई स्थिरता दिनको लागि देशले अर्को नायकको खोजि गरिरहेको थियो। त्यो समयमा नेपालमा जंगबहादुरको उदयभयो।

जंगबहादुरले आफ्नो उदय सँगसँगै दरवारिया षडयन्त्रका खेलहरुलाई बन्द गरे र मुलुकलाई स्थिरता तिर डोर्याउन सफल भए। सुगौली सन्धि मार्फत गुमेका भुभागहरु मध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई इष्ट इण्डिया कम्पनिलाई बिश्वासमा लिएर नेपालको भुभागमा गाँस्ने काम गरे। जंगबहादुर त्यो समयमा बेलायति सरकारको निमन्त्रणामा स्वाधिन नेपालको प्रधानमन्त्रीको हैसियतमा बेलायत भ्रमण गर्ने पहिलो व्यक्ति थिए दक्षिण एशियामा। तर जंगबहादुरले आफूलाई पुर्णरुपले स्थापित गराउँदै राजनितिलाई समग्र रुपमा स्थिर बनाउन नसक्दै उनको मृत्यु हुनु अनि राणा परिवारमा पलाएको सत्ता मोहले रणोद्दिप सिंहको हत्यासँगै जंगबहादुर राणाका सन्तानहरु मारिए। राणा शासनको शुरुवात यस्तो समयमा भएको थियो जुन समयमा दरवार भित्रको बिग्रिएको राजनितिको कारण बिस्तारवादिलाई आकर्षित नगर्ला भन्न सकिने अबस्था थिएन।

जंगबहादुरको उदय पश्चात शुरु भएको राणा शासन अनि उनको मृत्यु पश्चात तानाशाहीमा रुपान्तरित राणा शासनले हरेक राणाहरुको नामको पछाडि जंगबहादुर राणा लेख्ने प्रचलन मात्रै ल्याएन राणाहरुलाई बिस्तारै निरंकुश, बिलासी र दम्भी शासकको रुपमा स्थापित गरायो। त्यो समय अगाडि लम्किदै गर्दा बिश्वमा नै स्वतन्त्रताको लहर चल्न थाल्यो र भारतमा महात्मा गान्धिको उदय सँगै शुरुवात भएको भारत छोडो आन्दोलनको शुरुवातले बिक्रम सम्बत २००४ साल ई.सं. १९४७ मा भारत स्वतन्त्र भयो। इ.सं.१९४५ ९बिक्रम संबत २००२० सालमा अन्त भएको दोस्रो विश्व युद्धको समाप्ति पश्चात भारत स्वतन्त्र हुँदा एकिकृत भारत बेलायतको लागि चुनौती बन्न सक्ने आशंकाले समग्र ब्रिटिस इण्डियालाई भारत र पाकिस्तानको नाममा दुई देशको रुपमा बिभक्त गरेर बेलायतले भारतिय भूमि छाडेको यथार्थलाई दृष्टिगत गर्नु आवश्यक हुन्छ।

भारत स्वतन्त्र हुनु अनि स्वतन्त्र भारतको लागि लडेका जिन्नाको सोचलाई लक्षित गरेर पाकिस्तान भन्ने मुलुकको परिकलपना भएको थियो। भारत स्वतन्त्र भए पश्चात नेपालको अस्तित्वलाई कति ठूलो चुनौति थियो भन्ने कुरो बिभिन्न कालखण्डमा नेपालले भोगेका घटनाक्रमहरुले देखाउँछ। त्यो समयमा भारत स्वतन्त्र हुँदा स्वतन्त्र रहेको सिक्किम जसरी भारतमा बिलय भयो त्यसैगरि नेपाललाई खतरा थिएन भन्ने कुरो आउँदै गर्दा नेपालले बिपि कोइरालाको रुपमा नायक पायो ।

जसले राणाहरुको एकतन्त्रीय जहानिया शासन विरुद्ध संगठित हुन बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सक्रिय भएर महात्मा गान्धि, जय प्रकाश नारायण, नेहरु लगायतका उपल्लो तहका भारतिय नेतृत्वसँग सम्बन्ध स्थापित गरेका थिए जसको कारण नेपालको अस्तित्व सुरक्षित भयो त्यो समयमा। भारतमा नेपालको अस्तित्वलाई नै संकटमा पार्नेगरि अराजनितिक प्रस्ताबहरु आउन थालेपछि नेपालमा महेन्द्रले कि झुण्ड्याउँछन कि कारागारमा कोच्छन भन्ने थाहा हुँदा हुँदै बिपिले किन मेलमिलापको निति अँगालेर आएरु किन बिपिले समयसमयमा राष्ट्रियताको सबालमा राजा र मेरो घाँटि एकै स्थानमा छ भन्ने गर्थेरु किन बिपिले आफ्नो राजनैतिक सिद्धान्तमा संबैधानिक राजतन्त्रको वकालत गरे रु यी प्रश्नहरुले के भन्छन भने बिपि त्यो ताका मुलुकले रुचाएका नायक थिएरु यो देशमा २००७ सालको परिवर्तन पश्चात राजा महेन्द्रले अर्घेल्याई नगरेर संबैधानिक राजतन्त्रको दायरामा बस्न स्वीकार गरेको भए, राजामा निहित राष्ट्रियता र बिपिको प्रजातान्त्रिक समाजवादले त्यो समयमा अंकुरित हुन पाएको भए आज नेपाल बिश्वकै समृद्ध, स्थिर र बिकसित मुलुकको रुपमा रुपान्तरित हुने थियो भन्दा अत्युक्ति हुँदैन।

२०१७ सालमा महेन्द्रले प्रजातान्त्रिक पद्धतिमाथि कुठाराघात गर्दै समस्त प्रजातान्त्रिक बिचार बोक्नेलाई कारागारमा थन्कयाउनाले मुलुकलाई जुन क्षति पुगेको छ त्यसको आंकलन गर्न सम्भव छैन। २०१७ सालमा महेन्द्रले चालेको निरंकुश कदमले नेपालमा पटक पटक बिद्रोह, जनयुद्ध, आन्दोलनको लागि जगको काम गर्यो। महेन्द्रले चालेको निरंकुश कदमकै दौरानमा ९० को दशकमा बिश्वभरि चलेको प्रजातन्त्रको आँधिले नेपाललाई पुनस् प्रजातन्त्रको बाटोमा ल्यायो र त्यो बेला नेपालको लागि नायक बनेर उदाए तत्कालीन राजा विरेन्द्र जसले शासकीय अहमलाई त्यागेर बिश्व परिबेशसँग मिल्दो संबैधानिक राजा भएर संबिधान बमोजिम आफुलाई नियन्त्रित राख्न तयार भए। उनको यहि प्रतिबद्धताले उनी पृथ्वी नारायण शाह पश्चात सम्मानित राजाको रुपमा नेपाली जनजनको मनमा बस्न सफल भए र दिवंगत राजा विरेन्द्रलाई नेपाली जनजनले युगौं सम्म सम्झना गरिरहनेछन।

बिरेन्द्र हठात मारिए। शालीन राजा विरेन्द्रको बंशकै बिनास भयो। उनको सुरक्षामा खटिएको सेनाको टुकटि राजपरिवारको सुरक्षा गर्न सक्षम भएन। राजपरिवारको हत्या हुनुभन्दा केहि समय अगाडि नेपालका अर्का नायक मदन भण्डारिको दासढुंगामा मृत्यु भयो। उनको मृत्युको बारेमा अहिले सम्म अनेक चर्चा परिचर्चा हुँदैछ। २०४६ सालको परिवर्तनका नायकहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारि र मदन भण्डारि मध्ये समय र शक्ति प्रचुर मात्रामा भएका मदन भण्डारिको त्यो अकल्पनीय मृत्युले मुलुकलाई अपुरणीय क्षति भयो भन्ने कुरामा दुइमत हुनसक्दैन। २०५० जेठ ३ गते मदन भण्डारिको मृत्यु हुनु, मृत्यु भए पश्चात २०५२ फागुन १ गतेबाट माओवादि जनयुद्धको घोषणा हुनु, माओवादि जनयुद्धकै दौरानमा मदन भण्डारिको मृत्युका एक मात्रै जिबित साक्षी अमर लामालाई किर्तिपुरमा माओवादिले लखेटेर मार्नु, मदन भण्डारिको हत्या भयो भनेर राजनितिमा हंगामा मच्चाउँदै आएका सबै व्यक्तिहरु पटक पटक राज्यको उपल्लो पदमा पुग्दा समेत कहिल्यै दासढुंगा मृत्यु प्रकरणको छानबिन नहुनु आदिले कैयौं प्रश्नहरु सिर्जना गरेका छन।

यसै बिचमा दरवार हत्याकाण्ड पश्चात संबैधानिक राजा बनेका ज्ञानेन्द्रले सक्रिय राजा हुने प्रयास गर्दै संबैधानिक राजतन्त्रका सिमालाई भत्काइदिनु, प्रजातान्त्रिक शासन ब्यबस्थाका प्रधानमन्त्रीलाई बर्खास्त गर्नु, म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा लुइ चौधौंको धारणा मिल्दो हिसाबले न्यायालय भन्दा माथि राखेर शाही आयोगको गठन गरेर आम नेपाली नागरिकलाई तानाशाहि क्रुरताको आभाष दिनु, राजाको सक्रियतासँगै सैनिक बाहुल्यता सहितको राजनैतिक र प्रशासनिक अभ्यासको शुरुवात गर्नु आदिले कस्तो परिस्थति उत्पन्न हुन गयो भने शहर तिर सेनाको परेडले जनता त्रसित, गाउँ तिर जनयुद्धको नाममा माओवादिको परेडले जनता त्रसित। यो परिस्थितिले नेपालमा अर्को नयाँ नायकको खोजि गरेको थियो जतिबेला नेपाली आम नागरिकको चाहना केबल शान्ति थियो। नेपाली जनता यस्तो शान्ति खोज्दैथिए जसमा राजाको सैनिकको त्रास पनि नहोस अनि माओवादिका लडाकुहरुको त्रास पनि नहोस। उनीहरु गरि खान चाहन्थे, शान्तिपुर्ण हिसाबले जीवन यापन गर्न चाहन्थे।

त्यो बेलामा राजा ज्ञानेन्द्रले नजरबन्दमा राखेका बयोबृद्ध नेता गिरिजा प्रसाद कोइरालाले नेपाली आकाशमा मँडराइरहेका यी दुबै त्रासबाट नेपाली नागरिकलाई मुक्त गराई नेपालमा दिगो शान्ति स्थापना गर्ने लक्ष्यका साथ ज्ञानेन्द्रको आततायी कदम बिरुद्ध लड्नका लागि जंगलमा सशस्त्र जनयुद्ध गरिरहेको माओवादि नेतृत्व लगायत नेपालका बन्देजमा परेका राजनितिक दलका शिर्ष नेतृत्वसँग वार्ताको थालनी गरे।

केहि समयको आन्दोलन पश्चात नेपालमा राजाले बिघटित संसद पुनर्स्थापित गराए, पुनर्स्थापित संसदले राजालाई निलम्बित गर्यो, सरकार प्रमुखको रुपमा गिरिजा प्रसाद कोइरालालाई स्थापित गरायो, सरकार प्रमुख र युद्ध ग्रस्त माओवादिको बिचमा १२ बुँदे सम्झौता हुँदै नेपालमा लगभग दशक लामो जनयुद्धको बिधिबत अन्त्य भयो र शान्ति स्थापित भयो, सेना ब्यारेकमा फर्कियो, ज्ञानेन्द्र नागार्जुन पसे। नेपाली जनताले बम बारुद पड्केको सुन्नु नपर्ने परिस्थितिको निर्माण भयो। यो सुखद कार्यको थालनी गिरिजा प्रसाद कोइरालाले गरेको भए तापनि यो शान्ति स्थापनाको पवित्र कार्यलाई सफल पार्ने अन्य नायकहरु माधब कुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराइ, आदिको भुमिका त्यत्तिकै रह्यो। यसरि नेपालले हरेक संकटको घडिमा नायक जन्माउने गरेको छ या कोहि नायकको रुप लिएर नेपालीलाई संकट मुक्त पार्न अगाडि बढेको इतिहास हाम्रो छ।

आज मुलुकमा देखिएको चरम आर्थिक बिश्रृंखलता, भ्रष्टाचार, अराजनिति, आपराधिक गतिबिधी, कालोबजारि, हुण्डि, माफिया, तस्कर, बिचौलिया, राजनैतिक भ्रष्टाचार, प्रशासनिक भ्रष्टाचार, राजनितिक बिचलन, प्रशासनिक बिचलन, राजनितिको अपराधिकरण, अपराधिको राजनितिकरण, संगठित अपराध, संरक्षित अपराध, आर्थिक अपराध, अन्यायको दुश्चक्रका मतियारहरुको बिगबिगि, राज्यका संयन्त्रको अपराध र अपराधि जोगाउने कार्यमा दुरुपयोग आदिले सिर्जित आर्थिक मन्दि आदिको कारण नागरिकहरुमा चरम निराशा, असन्तुष्टि छाएको छ। राज्य सञ्चालकहरुको अकर्मण्यता, लोभ, लालच, परिवार मोह, पत्नीमोह, पुत्रमोह, पुत्रीमोह, नातेदार मोह, दलाल र बिचौलिया मोह, कालोबजारि मोह, तस्करमोहले राज्य सञ्चालकहरु सबै महाभारतकालीन धृतराष्ट्र र उनको राजनितिक सभामा रुपान्तरित भएको छ। नेपाली नागरिकले धेरै केहि चाहेका छैनन।

बिकास र समृद्धि चाहनु उनीहरुको अपराध हो। शिक्षा, स्वास्थ्य, सार्बजनिक यातायात लगायतका कुरामा लोककल्याणकारि राज्यले लगानी गरोस भन्ने सोच राख्नु अपराध हो। भ्रष्टाचार मुक्त राजनिति र प्रशासन चाहनु उनीहरुको अपराध हो। आफ्नो घरका बाटाहरु समयानुकुल हुन भन्नु उनीहरुको अपराध हो। बिश्वले हासिल गरेका बिकासका लक्ष्यहरु पछ्याउन खोज्नु उनीहरुको अपराध हो। आर्थिक मन्दि, अबिकास, अब्यबस्था, गरिबि, कुशासन, अन्याय, अत्याचार, बिभेद, महंगी, भ्रष्टाचार, मुद्रास्फिति, कालोबजारि, तस्करि आदिबाट मुक्ति सहितको प्रजातान्त्रिक अभ्यास नेपालिको आजको चाहना हो जसरि हिजो नेपालिको चाहना शान्ति थियो, प्रजातन्त्र थियो, तानाशाहि शासनबाट मुक्ति थियो।

आज नेपालीका यी चाहना पुरा गर्न सक्ने सक्षम, स्वतन्त्र, स्वाभिमानी, युगानुकुल, राष्ट्रप्रेमी, नागरिक प्रेमी, प्रजातन्त्रवादि नायकको खोजी नेपाल र नेपालीले गरिरहेकाछन। यो खोजी प्राकृतिक रुपले सम्भव भएन भने आक्रोस, निराशा र असन्तुष्टिले ज्वालामुखिको रुप लिएर बिष्फोट कुनै पनि समय हुनसक्छ् नेपालीहरुमा उब्जिएको यो निराशा, असन्तुष्टि बिष्फोटनको बाटोबाट बाहिर निस्किएर बिध्वंस मच्चाउनु भन्दा अगाडि नै नेपालको अबको नायक को हो निर्क्यौल हुनु जरुरी छ। यदि नायकको अभाव कै समयमा नेपाली नागरिकको असन्तुष्टि र निराशाको बिस्फोट भयो र त्यो बिस्फोटले उब्जाएको हडकम्पमा केहि गरि गलत मानिसले नायकको रुप धारण गरे भने त्यसले पुर्याउने अपुरणीय क्षतिलाई नेपाल र नेपालीले युगौं सम्म पुर्ति गर्न सक्ने छैनन। नेपालको जय होस।

प्रतिक्रिया दिनुहोस्