हार्ट भल्ब कसरी बनाइन्छ



काठमाडौँ । 

नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र हार्ट क्लब नेपालको संयुक्त आयोजनामा प्रा. डा. सुगात रत्न तुलाधरबाट हार्ट भल्ब कसरी बनाइन्छ भन्ने बारे जानकारी गराईयो ।

डाक्टर तुलाधले २०८० साल भाद्र ३० गते ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त जानकारी गराईएको हो । उहाँका अनुसार स्वस्थ्य मुटुको धड्कनसँग भल्ब खोल्ने बन्द गर्ने हुन्छ ।

विभिन्न कारणले मुटुमा स्टेनोसिस, रिगुर्गीटेसन, हुन सक्छ । रिगुर्गीटेसनमा मुटुको भल्ब बन्द हुने बेलामा बन्द नभएर रगत चुहिने हुन्छ । मुटु भल्ब रोग हुनुको विभिन्न कारणहरु छन् – रियुमेटिक डिजिज , इन्डुआरडीटिक , कन्जेननाइटल , क्यल्सिफिकेसन (जुन जेनेटिक्स र जीवनशैली ) हुन् ।

मुटु भल्ब रोगको लक्षणहरु हिड्दा स्यास्या हुने , छाती दुख्ने हो । डाक्टरका अनुसार “ भल्बको रोगको उपचार दुई प्रकारले गर्न सकिन्छ ) मेकानिकल हार्ट भल्ब , बायोप्रोसथेटिक हार्ट भल्ब । मेकानिकल हार्ट भल्व टिटानियम , ग्राफिलाइटबाट बन्छ ।

यसले मान्छेको जीवनकालभरि काम गर्छ , तर रगत पातलो बनाउने औषधि खानुपर्छ । बायोप्रोस्थेटिक हार्ट भल्ब जनावरको तन्तुबाट बनाइन्छ र यसले १० देखि २० वर्षसम्म काम गर्छ । यसमा औषधिको सेवन गर्नु पर्दैन । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, ललितपुर शाखाका सभापति बालकृष्ण तुलाधर , केन्द्रमा अध्यक्ष बलराम न्यौपाने र हार्ट क्लब नेपालका अध्यक्ष विपिन राईको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्