कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार : कांग्रेसका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री



विराटनगर । नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

मण्डलले बुधबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्