आइसिएफसि फाइनान्सका ग्राहकलाई नेपाल अस्पतालमा ३० प्रतिशत छुट



काठमाडाैं ।

आइसिएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर नगरपालिका १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् ।
कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायीक सम्झौता गरेको हो ।

सम्झौता पश्चात आइ.सि.एफ.सि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले  अस्पतालका विभिन्न सेवामा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्