स्वास्थ्य व्यवसायी परिषद्‌को नाम दर्ता परीक्षा आगामी भदाै १५ गतेदेखि सुरु



काठमाडौं ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्रको नाम दर्ता लाइसेन्स प्रमाणपत्र परीक्षा आगामी भाद्र १५ देखि २० गते सम्म संचालन गर्ने भएको छ ।

परिषद्ले सातौं नाम दर्ता प्रमाणपत्र परीक्षा सम्बन्धी आज एक सुचना प्रकाशित गर्दै स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको नाम दर्ता प्रमाणपत्र परीक्षा मिति २०८० साल भाद्र महिनाकों १५ देखि २० गते सम्म संचालन हने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको हो।

सुचनामा परीक्षा तालिका, प्रवेश-पत्र, परीक्षा केन्द्र तथा थप अन्य जानकारीको लागि परिषदको वेवसाइट तथा फेसबुक पेज मार्फम सूचनाहरु प्रकाशन गरि जानकारी गराईने बताएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्