मेडिकल काउन्सिल र सीआइबीका पदाधिकारीलाई कारबाही गर्न माग (विज्ञप्तिसहित)



काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का पदाधिकारीहरूलाई कारबाही गर्न माग गरेको छ ।

आज (सोमबार) उक्त संघले एक विज्ञप्ति जारी गर्दै सोही काउन्सिल र सीआइबीका पदाधिकारीमाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानूनी कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष माग गरेको छ ।

सीआईबीले चिकित्सकविरुद्ध चलाएको फोक्सट्रोट चार्लीमा २०८० श्रावण २५ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य रञ्जितकुमार यादवलाई पक्राउ गरि मानसिक तनाव सिर्जना गरिएको, नीजको मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन् गरिएको भन्दै उसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल मेडिकल काउन्सिल जस्तो नियमनकारी निकायबाट चिकित्सकको गलत विवरण सीआइबीलाई उपलब्ध गराउनु गलत भएको विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि सरोकार नभएका चिकित्सकलाई नक्कली भनी प्रक्राउ गरेर समाजमा त्रसित गर्ने, विरामी र चिकित्सकबीचको सम्बन्धमा कमी ल्याउने, मानवीय भावनामा गम्भीर चोट पु¥याउने, तथा चिकित्सकीय सेवालाई नै दुषित तुल्याउने कार्यको जति निन्दा गरेपनि कमै हुन्छ, संघका महासचिव सञ्जीव तिवारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि नक्कली शैषिक प्रमाणपत्र भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा.रञ्जित कुमार यादव थुनामुक्त भएका छन् । ‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परेका गरेका डा.यादवलाई थुनामुक्त गरिएको हो ।

नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुलेपछि उनलाई हिरासतमुक्त गरिएको हो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपिसहितको पत्र सीआईबीलाई आइतबार पठाएको थियो । काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको बताएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्