मकवानपुरमा पहिरोले २ घर पुरिए



हेटौंडा ।

मकवानपुरको भीमफेदी गापा–२, भैंसेस्थित त्रिभुवन राजपथ सडकखण्डमा अविरल वर्षासँगै माथिबाट पहिरो खस्दा करिब ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएका २ वटा घरमा क्षति पुगेको छ ।

मानवीय र चौपाया क्षति नभएको र उक्त बाटोबाट हेटौंडा–भैंसे–पालुङ–नौबीसे हुँदै काठमाडौँ जाने गरिएकोमा बाटो खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रसनि विष्णु चौधरीको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ ।

मकपानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय हेटौंडासँग समन्वय भइरहेको बताए ।

उक्त स्थान प्रहरी चौकी भैंसेबाट करिब २ सय मिटर पश्चिम पर्दछ । घटना शनिबार दिउँसो करिब सवा १ बजेको हो ।

प्रतिक्रिया दिनुहोस्