चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान



काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।

आयोगको प्रमुख कार्यकारी पदका लागि १५ दिनभित्रमा आवेदन दिने गरी सिफारिस समितिले आवेदन आह्वान गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा ५ मा चिकित्सा शिक्षा आयोग गठन हुने व्यवस्था छ । सोही दफाको उपदफा १ (घ) बमोजिम चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका चिकित्सकहरूमध्येबाट नेपाल सरकारले नियुक्ति गरेको एक जना उपाध्यक्ष रहने प्रावधान छ ।

सोही ऐनको दफ २२ को उपदफा (२) बमोजिम चिकित्सा शिक्षा आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारीका रुपमा उपाध्यक्ष रहने प्रावधान छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि सोही ऐनको दफा २३ बमोजिम लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ ।

उक्त समितिले आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्ने ऐनले व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्