पहिलोपटक १० वर्षीय बालकको एपेन्डिसाईटिस अपरेशन सफल



धादिङ । धादिङ अस्पतालमा जटिल प्रकारको शल्यक्रियामा पर्ने एपेन्डिसाइटिसको शल्यक्रिया १० वर्ष मुनिको बालकमा पहिलो पटक गरिएको छ ।

बालकमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको भने यो पहिलोपटक भएको अस्पतालका एमडिजिपी डाक्टर दिनेश रेग्मीले जानकारी दिनुभयो ।

धादिङ अस्पतालमा जटिल प्रकारको शल्यक्रिया केही वर्षदेखि शुरू हुँदै आएको छ । नीलकण्ठ नगरपालिका मधुवनका १० वर्षीयविक्रम आचार्यको सफल सल्यक्रिया गरिएको छ ।

यसअघि पनि एपेन्डिसाइटिस शल्यक्रिया धादिङ अस्पतालमा हुँदै आए पनि बालकमा भने पहिलोपटक गरिएको उहाँको भनाइ छ ।

सर्जन डा. प्रतिभा धउभडेल, एमडिजिपी डाक्टर दिनेश रेग्मी, एनेस्थेसिया असिस्टेन संगिता छत्कुली, र सरस्वती मल्लको टिमले बालकमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया गरेको थियो ।

धादिङ अस्पतालमा सामान्य सल्यक्रिया, डाईलासिस, सल्यक्रियाबाट बच्चा निकाल्ने जस्ता सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्