विकास प्रेमी महानगरवासी बिरोधमात्र समाधान हैन, सुशासनको जरुरी



फोहोर व्यवस्थापन गर्न विगत लामो समयदेखि महानगरपालिका र महानगरपालिकाका प्रमुख धनराज आचार्य दिन रात नभनी खटिरहेको त हामी सबैलाई अवगत नै छ। पोखराको फोहोर व्यवस्थापनमा सर्व प्रथम त हामी महानगरपालिकावासी नै जिम्मेवार हुन जरुरी छ। यहाँको  फोहोर कुनै अन्य ठाउँबाट आएको फोहोर हैन।  यो त स्वयं हामी र हाम्रो दैनिक गतिविधि तथा दिनचर्याबाट निस्किने हो। यसलाई उचित व्यवस्थापन गर्न  र ऊर्जा शील बनाउन महानगरपालिका लागि रहेको छ।

केही समयमा फोहोरबाट ऊर्जा उत्पादन हुने हुँदा केही समय धैर्य धारण गरी सडकका चोक चोकमा फोहोर फाल्ने नदी नालामा फाल्ने  कार्यहरू गर्न र आफैँ विरोधमा आउनु झनै लज्जास्पद हैन र ?

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टका कारण ल्यान्ड फिल्ड साइट परिवर्तन गर्नु परेको हुँदा वातावरण ,वन्यजन्तु ,चराचुरुङ्गी ,नदीका साथै मानव बस्तीहरू देखी सबै निम्ति उचित व्यवस्थापन गर्नुपर्ने हुँदा केही समय  ढिला हुँदा उक्त फोहोर नालामा र चोक चोकमा फाल्दा हामी नगरवासीमा हैजा,मलेरिया,डेङ्गु,आदी सरुवा रोगबाट ग्रसित हुन सक्छौ। त्यसैले मेयर ज्यू  जति सक्दो चाँडो फोहोरको व्यवस्थापन गर्नु मेरो विरोध हैन विश्वासका साथ शुभकामना छ ।

फोहोरमा फोहोर जस्तै दुर्गन्धित राजनीतिक राजनैतिक गन्ध आएको छ। भलै विरोध गर्ने ब्यक्ति फोहोरका पोकाहरु बोक्दै चोक तिर।  यो त अलि हजम भय नि महोदय। केही समय धैर्य धारण गरी घरमा फोहोर राख्नु राम्रो हुन्छ। चोक चोकका सिसी क्यामेरा कैद तस्बिर र भिडियोले बदनामी बनाउला सचेत रहनुहोस् फोहोर चोकमा हैन फाल्ने। महानगरपालिका आउँछ नआत्तिनु होस्।

आर्थिक हिसाबले पनि मेयर ज्युको पहलमा फोहोरबाट महानगरपालिकाको आम्दानी वृद्धि गर्न योजना रहेको छ। मेयर साबले फोहोरबाट प्रशोधन केन्द्रबाट निकट भबिस्यनै बिजुली , कम्पोस्ट मल, तथा प्लास्टिक जन्य सामग्री बन्ने किसिमले प्रोजेक्टबाट तयार हुने योजना रहेको बताइरहनु भएको छ।

फोहोरबाट बिजुलीको उत्पादनका साथै प्लास्टिक  (थ्रीआर मेथड रि युज रि साइकल एण्ड रेडीयुस )बाट वातावरण मैत्री मेसिनबाट फोहोरबाट निस्किने  खरानी पनि कृषकहरुलाई मल खाद्यान्नको उत्पादनमा वृद्धि सम्भावना गर्दा पोखरा  महानगरवासी हर्षका  साथ  गर्ब गर्ने  दिन आउँछ  भन्दै सके सफा राखौँ  नसके फोहोर नगरौँ  ।

पोखरा  महानगरपालिका मेयर धनराज आचार्यलाई सबै नगरवासीको साथ र सहयोग चाहिन्छ हाम्रो पोखरा राम्रो पोखरा।

प्रतिक्रिया दिनुहोस्