ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर सात प्रदेशका २१ जिल्लामा सञ्चालन



काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर साउन १ गतेबाट संचालनमा आएको छ ।

सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूपउक्त सिस्टम संचालन गरिएको हो ।

उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी, बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेश अन्तर्गतका रूपन्देही, दाङ र बाँके, कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली, कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्