लुम्बिनी प्रदेश फुटबल संघमा नयाँ नेतृत्व

अध्यक्षमा अजित राज भण्डारी



बुटवल। 

लुम्बिनी प्रदेश फुटबल संघको आज बुटवलमा भएको प्रथम अधिवेशनले  अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयनसँगै अब प्रदेशमा खेलकुदका गतिविधिमा थप चलायमान हुनेआयोजकले बताएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमारले लुम्बिनी प्रदेश फुटबल संघमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन हुनुले यस क्षेत्रमा फुटबलको विकासका लागि थप महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले खेलकुदको लागि केन्द्रीय सरकारले बजेटको व्यवस्था गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूसँग मिलेर खेलकुदका प्रतियोगिता सञ्चालन गर्न आह्वान गर्नु भयो ।

 लुम्बिनी प्रदेशसभा मुख्य मन्त्रीसँग जोडिएर मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालन गर्न पहल गर्नु पर्ने भन्दै प्रदेशमा समिति चयन भएसँगै बाटो सहज भएको बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य भोजराज जोसीले फुटबलमा देखिएको समस्या समाधान हुने धारणा  राख्नु भयो । प्रदेश फुटबल संघका उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी शक्ति अजय कुमार शर्मा, र सदस्यमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश मणि त्रिपाठी, शिव श्रेष्ठ, भेषराज पौडेल, संजय कार्की ,शुसिल कुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीता गोतामे निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्