शुक्रबार सुनको मूल्य १ लाख नाग्याे



काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले बढ्दै १ लाख १० हजार ७०० रुपैयाँ पुगेको छापावाला सुनको मूल्य शुक्रबार पुन: १०० रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा १०० रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै शुक्रबार १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्