विलन्दुमा पहिरोले निभाएको उज्यालो फर्काउने प्रयास



Exif_JPEG_420

ओखलढुंगा ।

ओखलढुंगाको चम्पादेबी गाउँपालिका ८ बिलन्दुमा गत असार ७ गते बेलुका परेको अविरल बर्षाले बिलन्दुको ढाडखोला माईक्रो हाईड्रोको पावार गृह बगाउँदा बिलन्दुका ४ सय घरपरिवार विद्युत बिहीन बनेका थिए  ।

विद्युत् बिहीन बनेका नागरिकहरुलाई गाउँपालिकाले सोलार वितरण गरी पहिरोका कारण अन्धकार बनेको गाउँलाई उज्यालो बनेउने कोशिस गरेको छ ।

 पहिरोले विद्युत गृह बगाउँदा करिब ४ सय घर परिवार उज्यालेबाट बञ्चीत भएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभएको छ । प्रभावित बनेका आधा घरपरिवार लाई ५५ वार्डको सोलार वितरण गरिएको र बाँकीलाई स्रोत जुटाएर एक हप्ताभित्र वितरण गरिने समेत अध्यक्ष केसीले बताउनुभयाे । 

करिब २ सय परिवारलाई सोलार वितरण गर्ने काम सम्पन्न भएको र बाँकी रहेका २ सय परिवारलाई सोलार वितरणका लागी विभिन्न संघ संस्था, प्रदेश सरकार र संघिय सरकार लाई अनुरोध गरेको र स्रोतको सुनिश्चिता हुने वित्तिकै वितरण गर्न बाँकी रहेका घर परिवारहरु लाई सोलार सेट बितरण गरिने समेत अध्यक्ष केसीको भनाई छ ।

पहिरोबाट अति प्रभावित चम्पादेवी ८ साविकको बिलन्दु १, २ र ३ नम्बर वडा र चम्पादेबी ९ को खानीगाउँ, भोटे चौर र पात्लेका २ सय घर परिवारलाई सोलार सेट वितरण गरिएको चम्पादेबी गाउँपालिका प्रवक्ता सुजन पौड्यालले बताउनुभयाे  ।

प्रतिक्रिया दिनुहोस्