कर्णाली प्रदेशसभाको बैठक आह्वान



सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज (आइतबार) आह्वान गरिएको छ । बिहीबारदेखि स्थगित भएको उक्त प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो ।

यस अघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो । जसकाकारण बैठक सूचारू हुन सकेको थिएन । बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी दिएको छ ।

संसदमा एमालेको अवरोध हटाउन पटक–पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन । तर, पनि बैठक आजका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्