भूकम्पले भत्काएकै भवनमा पढाइ



धादिङ। 

भूकम्प गएको पनि ८ वर्षवितिसक्यो ।  विद्यालय पुनः निर्माण सकिएको बताएर जिल्ला तहमा राखिएको पुनः निर्माण कार्यालय समेत बन्द भइसकेको छ । तर धादिङ जिल्लाको विद्यालयमा अझै पनि भत्केकै भवनमा पढाइ रहेको छ ।

गल्छी गाउँपालिकामा रहेको रक्तबत्छला आधारभूत विद्यालय भने अझैसम्म पुनः निर्माण हुन नसकेको विद्यालयका प्रधानाध्यापक टिकाबहादुर आचार्यले बताउनुभयो । पटक पटक जिल्ला स्थित पुनः निर्माण कार्यालयमा सम्पर्क गरियो । विद्यालय बनाउने बताए पनि नबनाएको विद्यालयको व्यवस्थापन पक्षको आरोप छ ।
अधिकांश राई, मगर र दलित लगायत अध्यायन गर्ने विद्यालय भएको पहुँच समेत नभएका समूदायको बसोबास भएपछि विद्यालय पुनः निर्माण नभएको अभिभावकहरुको आरोप छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार  कक्षा आठसम्म अध्यायन हुने विद्यालयमा कम्तीमा १० ओटा कोठा चाहिन्छ । अहिले सुरक्षित ४ ओटा कोठामात्र छ बाँकी पुरानो भूकम्पले थिलथिलो पारेको कोठामा अध्यापन गराउनु परेको छ ।

१ सय २६ जना विद्यार्थीअध्यायन गर्ने रक्तबत्छला आधारभूत विद्यालयमा  २०६६ सालमा रुमटुरिडले निर्माण गरेको विद्यालय, पुस्तकालय भवन, लडेपछि विद्यार्थीहरु जोखिम मोलेरअध्यायन गर्न बाध्य भएको प्रधानाध्यापक आचार्यले बताउनुभयो।

पुस्तकालय भवन त भत्केर काम नै नलाग्ने भएको छ । भित्र पस्न नसक्ने अवस्थामा भएको पुस्तकालय अलपत्र छ । विद्यालयको पुस्तकालयमा भएको पुस्तक समेत अलपत्र अवस्थामा थुपारेर राखिएको छ ।

गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले अघिल्लो कार्यकालमा निर्माण गरिनुपर्ने भवनबारे जानकारी छ । विद्यालय भवन बनाउन प्रदेश र संघीय सरकारसंग समन्वय गरेर निर्माणको पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्