सिद्धार्थनगरको बजेट १ अर्ब १३ करोड



बुटवल।

सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार भैरहवामा सम्पन्न पालिकाको १३ औं अधिवेशनमा सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले चालु आर्थिक वर्ष भन्दा २१ करोड बढी बजेट घटाएर पेस गर्नु भएको हो । चालु आर्थिक वर्षमा १ अर्ब ३४ करोड आम्दानी हुने लक्ष्य राखिए पनि ९४ करोड मात्र आम्दानी भएको कारण बजेटको आकार घटाउनु परेको छ ।

सङ्घीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, सशर्त अनुदानमा २८ करोड ५४ लाख, समपूरक अनुदान ८० लाख रुपैयाँ र विशेष अनुदान ९० लाख रुपैयाँ र राजस्व बाँडफाँडमा १० करोड ४३ लाख ४६ हजार  आम्दानी हुने नगरपालिकाको प्रक्षेपण रहेको छ । यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३७ लाख ३३ हजार, सशर्त अनुदान ८६ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ८६ लाख ८० हजार ४ सय १३ रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने उप–प्रमुख अधिकारीले बताउनुभयो ।

नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त लगानीमा सञ्चालन हुने परियोजनाको लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँडको रकम ५ करोड रुपैयाँ, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैङ्क मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ रुपैयाँ गरी १ अर्ब १३ करोड ४१ लाख ४२ हजार हुने अनुमान गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्