लमजुङको नमुना सामुदायिक अस्पताललाई सोलारसहित शल्यक्रियाका सामग्री



लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिकास्थित नमूना सामुदायिक अस्पताललाई स्टिचि ब्रिन डेन भान आँपपिपल गोरखाले सोलार सहित शल्यक्रियाका सामग्री सहयोग गरेको छ ।

स्टिचि ब्रिन डेन भानका अध्यक्ष म्यारिड मुल्डरसले एक कार्यक्रमका विच सुनदरवजारस्थित एच.डि.सि.एस नमुना सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रृष्ठलाई साँढे १७ लाख रुपैया बराबरको समाग्रि हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी वनाउने र नागरिकको उपचारका लागि सहयोगी हुने विश्वासका साथ अस्पताललाई केहि सामाग्री सहयोग गरेको सस्थाका अध्यक्ष म्यारिड मुल्डरसले बताउनुभयो । प्राप्त सामग्रीको सुरक्षा र भरपुर उपयोग गरी स्वास्थ्य सेवा प्रदान गर्न उहाँले अस्पताल परिवारलाई आग्रह समेत गर्नुभयो ।

अस्पताललाई प्राप्त सहयोग प्रति आभार प्रकट गर्दै अस्पताल प्रमुख हेमन्त श्रेष्ठले मुल्डरसलाई धन्यवाद दिनुभयो । विगत १६ वर्षदेखि लमजुङबासीलाई माया गर्दै आउनु भएकी नेदरल्याण्डकी म्यारिड मुल्डरसले बेसीशहरस्थित लमजुङ अस्पतालमा पनि यसअघि पाठेघरको निःशुल्क शिविर सञ्चालन सहित विभिन्न सामग्री सहयोग गर्नुभएको थियो । उहाँले स्वास्थ्यको क्षेत्रमा विभिन्न सहयोग तथा कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

नमुना सामुदायिकअस्पतालले मुल्डरसलाई सम्मानपत्रका साथ सम्मान गरेको छ । अहिले दिनमै छिनछिनमा वत्ति गइरहने समस्या झेलिरहेको अवस्थामा सस्थाले साँढे १२ लाख रुपैया वरावरको ९ के.भि.ए. क्षमताको सोलार वत्ति सहयोग गरेको हो । यसले अस्पतालको सेवा प्रवाहमा सहज हुने भएको छ ।

सोलार बत्ति सँगै स्टिचि ब्रिन डेन भान संस्थाले पाँच लाख बारबरको शल्यक्रिया विभागमा प्रयोग गरीने २९ प्रकारका सामग्री पनि सहयोग गरेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्