उपाध्यक्ष फुटबल गोल्डकपको उपाधि सोरु फुटबल क्लबलाई



मुगु। 

सोरु गाउँपालिकाले आयोजना गरेको प्रथम उपाध्यक्ष फुटबल गोल्ड कपको उपाधि सोरु फुटबल क्लबले हात पारेको छ । फाइनल खेलमा खेलको निर्धारित ६० मिनेटमा छायानाथ रारा नगरपालिका वडा न १ श्रीनगर गाउँको ए वान स्पोट क्लब र सोरु फुटबल टिमले गोल गर्न नसकेपछि भएको पेनाल्टी सुटमा सोरु फुटबल क्लबले एक गोल गर्दै ए वान स्पोट क्लबलाई पराजित गरेको थियो ।

विजेता सोरु फुटबल क्लबलाई जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन बहादुर शाहीले ट्रफ्री,प्रमाण पत्र र नगद  १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरेका थिए उपविजेता ए वान यूथ क्लबले प्रमाण पत्र सहित ६६ हजार ६ सय ६६ नगद पुरस्कार प्राप्त गरेको छ भने तेर्सो स्थान लिन सफल भएको खत्याड गाउँपालिकाको टाइगर फुटबल पनि प्रमाण पत्र सहित ३३ हजार ३ सय ३३ नगद पुरस्कार प्रदान गरिएको छ।

सोरु फुटबल टिमका छक्क शाही उत्कृष्ट गोलकिपर र सोही टिमका सुवास शाही उत्कृष्ट डिफेन्डर घोषित भए । त्यसै गरि ए वान क्लबका निखिल तामाङलाई सर्वाधिक गोलकर्ता हुँदै गर्दा सोरु फुटबल टिम टिमका डिलेन्द्र शाहीलाई म्यान अफ दी म्याच घोषित गरियो ।

प्रतिक्रिया दिनुहोस्