सुदूरपश्चिममा पाँच जना बन्दकर्ता प्रहरी नियन्त्रणमा



धनगढी । कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै पाँच जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गेटामा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतबार) सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्