अब दुई टोली रेलिगेसन हुन बाँकी



लन्डन, (एजेन्सी) । यस सिजनको इंग्लिस प्रिमियर लिगमा साउथाम्पटन रेलिगेसनमा परेको छ । प्रिमियर लिगमा ११ सिजन रहेको साउथाम्पटन यस पटक रेलिगेसनबाट बच्न सकेन । अब दुई टोली रेलिगेसन हुन बाँकी छ । एभर्टन, नटिङगत फोरेस्ट, लीड्स र लेस्टर रेलिगेसनबाट जोगिन संघर्षरत छन् । बीबीसी पण्डितहरुले अर्को चरणमा लेस्टर रेलिगेट हुने बताइसकेका छन् । एक विज्ञ सिमोन ग्लीभले बताए—लेस्टर सिटीको हारले टोली रेलिगेसन हुनेछ ।

एभर्टन (१७ औं स्थान, ३२ अंक)

एभर्टनमा सीन डाएच मेनेजरमा आएपछि टोलीको नतिजामा सुधार भएको छ । जनवरीको अन्त्यमा फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । टोलीले बाँकी दुई खेल खेल्नुपर्छ । वोल्भस् र बर्नमाउथ प्रतिद्वन्द्वीहरु हुन् । बर्नमाउथ यो सिजनमा धेरै गोल आत्मसात गर्ने टोली हो । दोस्रोमा एभर्टन र तेस्रोमा लेस्टर छन् भने नटिंगम चौथो स्थानमा छ । एभर्टनले वोल्भसविरुद्ध मे२० मा खेल्नेछ भने २८ मे मा बर्नमाउथसँग खेल्नेछ ।

लीड्स युनाइटेड (१८औं, ३१ अंक)

जेसे माच्र्सलाई फेबु्रवरीमा मेनेजरबाट बर्खास्त गरिएको थियो । लगातार ७ खेलमा जितविहीन भएपछि उनी बर्खास्त भएको थियो । नयाँ मेनेजर जाभी गार्सिया आएपछि टोलीले सुधार खेल खेलेको थियो । लीड्सले गत खेलमा न्युक्यासलसँग २–२ बराबरी खेलेको थियो । क्लबले यो नतिजापछि रेलिगेसनबाट जोगिने अपेक्षा राखेको छ । लीड्सले घरभन्दा बाहिर केवल २ खेल जितेको छ । टोलीले बाँकी दुई खेलमा वेस्ट ह्याम र टोटनहामसँग खेल्नेछ ।

लेस्टर सिटी (१९औं, ३० अंक)

लेस्टर एकपटक प्रिमियर लिग विजेता भइसकेको टोली हो । आठ सिजन प्रिमियर लिगमा बिताइसकेको लेस्टरको लागि यो सिजन निकै कठिन बन्यो । टोली रेलिगेसनको खतरामा रहेको छ । पछिल्लो सात खेलमा यो टोलीले एक अंक मात्रै जोड्न सकेको छ । मेनेजर ब्रेन्डान रोजर्सलाई डिन स्मिथले विस्थापित गरेका छन् । तर, पनि टोली रेलिगेसन जोनमा छ । यदि एभर्टनले वोल्भस्लाई हराएमा र लेस्टर न्युक्यासलसँग हारेमा लेस्टर रेलिगेसन हुनेछ ।

यस सिजनमा लेस्टरले आक्रमक खेल देखाइरहेको छ । तर, गोल आत्मसात गर्नु टोलीको लागि नकारात्मक पक्ष बनेको छ । अघिल्ला २० खेलमा क्लीन शीट लिन असफल भएको छ । टोलीका लागि जेम्स मेडिसन मात्रै विपक्षी टोलीका लागि खतरा भएका छन् । उनले १० गोल गरेका छन् भने ९ गोलका लागि असिस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्