रुपेश च्याम्पियन



हेटौँडा । नेपाल बुद्धिचाल च्याम्पियन रुपेश जैसवालले हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि जितेको छ ।

हेटौडामा पाँच दिनसम्म चलेको प्रतियोगिताको उपाधि जित्दै रुपेशले नगद १ लाख रुपैँया पनि प्राप्त गरे । प्रतियोगितामा सुरविर लामाले दोश्रो स्थान प्राप्त गर्दै नगद ५० हजार र अनिल राजबाहकले तृतिय स्थान प्राप्त गर्दै २५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा कुल २१ जना पुरस्कृत भएका छन् ।

प्रतियोगितामा चौथो र पाँचौ स्थानमा क्रमश विलमलाल श्रेष्ठ तथा सुस्रत दाहाल भए । उनीहरुले नगद २० हजार प्राप्त गर्दा छैँठौ देखि १० औँ स्थान सम्मका क्रमश पुरुषोत्तम चौँलागाई, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुवास्थ तथा श्रीलंकाकी एसडि रणसिंङ्गेले जनही १५ हजार प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट लोकल सुन्दर कार्की, वेष्ट महिला खेलाडी सिन्धिरा जोशी, वेष्ट भेट्रान नविन ताण्डुकार, वेष्ट यु–१२ अबिन पाण्डे, बेष्ट यु–१४ आयुष डेमनदौरा, यु–१६ तर्फ पुरुषोत्तम सिलवाल, यु १८ तर्फ रिसोन थापा विजयी हुँदा बेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, बेष्ट रेटिङ १४०० मा सुजन कुमाल, बेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सीनाले जित हाँसिल गरे । उनिहरुले जनहरी १० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्