ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकलाई बीएनए कप



काठमाडौं । ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश बिसीले ९ अंक जोडे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०–२१ ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गरिन् । जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेनपिकले फाइनलमा एन्जल्स हार्टलाई २४–१७ ले पाखा लगायो । गोल्डेनपिकका अमन गुरुङले ७ अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका सुरेश बिसी तथा सिनियर गल्र्समा पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक), सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर ब्वाइजमा एन्जल्स हार्टकी रुपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बने ।

साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्