मच्छिन्द्रले खुमलटारलाई हरायो



काठमाडौं । दुई पटकको विजेता मछिन्द्र एफसी जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा यथावत रहेको छ ।

सोमबार एन्फा मैदानमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० ले हराएको हो । यो जितले मच्छिन्द्रको उपाधि रक्षा गर्ने संभावना पनि बढेको छ । यो जितसँगै मच्छिन्द्रको ३० अंक भएको छ भने शीर्ष टोली जावलाखेलसँग केवल एक अंकले मात्रै पछि छ ।

मच्छिन्द्रलाई जित दिलाउन ओलावाले आफिजले दुई गोल गरे । उनको जारी लिगमा १२ गोल भएको छ । अर्को एक गोल आन्द्रेस नियाले गरेका थिए । यसअघि पहिलो लेगमा पनि मच्छिन्द्रले खुमलटारलाई हराएको थियो ।

उक्त खेलमा आफिज एक्लैले ५ गोल गर्दा मच्छिन्द्रले खुमलटारमाथि ५–३ को जित निकालेको थियो । खुमलटार पुछारमै रहेर रेलिगेशनको खतरामा छ ।

प्रतिक्रिया दिनुहोस्