भलिबललाई पूर्व अध्यक्षको सहयोग



काठमाडौं । नेपाल भलिबल संघको आयोजनाम हुने काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले आर्थिक सहयोग गरेका छन् ।

सोमबार कार्की ब्याङकेट, बबरमहलमा आयोजित पत्रकार सम्मेलनका अवसरमा पूर्व अध्यक्ष शर्माले उक्त च्याम्पियनसिपका लागि नगद १ लाख प्रदान गरेका हुन् । यस्तै आर्थिक सहयोग गर्ने क्रममा टाईगर ग्रुप अफ पोखराले नगद १ लाख र बिद्यालय भलिबल कमिशनले नगद ७५ हजार आर्थिक सहयोग गरेका छन् ।

पूर्व अध्यक्ष शर्मा र बिद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्र बहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्